मध्यरातमा असहाय संरक्षण मँच र पत्रकारको टोलीले घरदैलो गरी राहत बाँडे
सो क्रममा समाजसेवी साहले विनाशकारी हावाहुरीमा परी ज्यान गुमाएका दुई परिवारलाई ५१००/५१०० रुपैयाँ रकम समेत सहयोग गरेका थिए ।

२०७५ चैत २० बुधबार, बेलुकी ७:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बाराको हावाहुरी प्रभावित क्षेत्रमा जनकपुरबाट असहाय संरक्षण मञ्च पत्रकारहरु सम्मलित टोली राहत लिएर पुगेपछि त्यहाँको अवस्था गत २०७२ सालको भूकम्पझैं देखियो ।
बाराको फेंटा गाउँपालिकामा गत आईतबार गएको विनाशकारी हावाहुरीबाट २८ जनाले ज्यान गुमाएको तथा ५०० बढी घाईतेपछि राहत लिएर जनकपुरबाट असहाय संरक्षण मञ्चका अध्यक्ष एवम् समाजसेवी बैद्यनाथ साहको नेतृत्वमा गएको पत्रकार सम्मलित टोलीले प्रभावित क्षेत्रमा मध्य रातमा राहत वितरण गरेका थिए ।
हावाहुरी प्रभावित क्षेत्र बाराको परसौनी गाउँपालिका वडा नं. ४ खुटवा परसौनीमा पुगेर साह नेतृत्वको राहतकर्मी टोलीले झुल, म्याट, त्रिपाल, साडी, च्युरा, मुरही, फलफुल, बिस्कुट, नुन, सख्खर लगायतको खाद्यान्न सामाग्री वितरण गरेको हो ।

जनकपुरबाट दाताहरुको सहयोगमा हावाहुरी प्रभावित क्षेत्रमा पुगेका असहाय संरक्षण मँचको पदाधिकारी, त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित न्यूज ब्यूरोको सँयुक्त टोली सहित अन्य दाताहरुले समेत मध्यरातमा पीडितहरुको घर घरमा पुगेर राहत वितरण गरेको थियो । मध्य राती करिब १ बजेसम्म समाजसेवी बैद्यनाथ साहको नेतृत्वमा उनीहरुको घर घरमै पुगेर राहत समाग्री प्रदान गरिएको थियो ।
सो क्रममा समाजसेवी साहले विनाशकारी हावाहुरीमा परी ज्यान गुमाएका दुई परिवारलाई ५१००/५१०० रुपैयाँ रकम समेत सहयोग गरेका थिए । समाजसेवी साह उनीहरुको अवस्था देखेर भावुक हुँदै राहतका अन्य समाग्री सहित दुई सासु बुहारीको मृत्यू र एक वृद्धको मृत्यू भएका परिवारलाई सानो सहयोग स्वरुप उनले पाँच हजार १ सय रुपैयाँ गरी दुवै परिवारलाई १० हजार २ सय रुपैयाँ भेंट गरेका थिए ।

प्रभावित क्षेत्र फेटा गाउँपालिका वडा नं. १ मा राहत वितरण गरिएको थियो । परसौनी वडा नं. ४ सहित फेंटा गाँउपालिकाको वडा नं. १ मा मध्यराती राहत वितरण गर्न पुगेका जनकपुरका टोलीलाई वडाअध्यक्ष जयप्रकाश दासले भरपुर सहयोग गरेका थिए । सो क्रममा वडाध्यक्ष दासले प्रभावितहरुको लागि अझै सहयोगको आवश्यकता रहेको भन्दै दाताहरुसँग सहयोगको लागि अपिल समेत गरे ।
वडाध्यक्ष दासले त्यस वडाका हावाहुरी पीडितको लागि असल अभिभावकत्व प्रदान गरेका थिए भने पीडितहरुको लागि विजुली नहुँदा जेनेरेटरको सुविधा, खानाको सुविधा समेत प्रदान गरेका थिए । समाजसेवी साह प्रभावित अन्य क्षेत्रमा पनि समेत राहत लिएर पुन आउने भनेर पीडितहरुलाई आश्वासन दिएका थिए । समाजसेवी साहको राहत मध्यरातमा पाएपछि केही हदसम्म उनीहरुको पीडामा मलहम लागेको महसुस गरेका थिए ।
सो राहत वितरण कार्यक्रममा त्रिनेत्र न्यूज नेटवर्कका टिमबाट पत्रकार विनय कुमार यादव, सँतोष शर्मा, त्रिनेत्र बाल अनाथालयकी अध्यक्ष सुना पोखरेल, अगुवा बद्रीनाथ झा सहित पत्रकार शैलेन्द्र महतो, दीपेन्द्र सिँह, मुकेश ठाकुर, मुख्तार हुसैन सहितको सक्रिय सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…