राज्यमन्त्री मण्डलको घोषणा : आँधी पीडितलाई १ महिनाको तलब दिने
उनी जनप्रिय एवं आशलाग्दा नेताका रुपमा चिनिन्छन् ।

२०७५ चैत २० बुधबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बारा–पर्साका आँधी पीडितलाई एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
बिनासकारी दैवीक प्रकोपबाट प्रभावितहरुलाई राहत सहयोग स्वरुप राज्यमन्त्री मण्डलले आफ्नो एक महिनाको तलब दिने गर्ने घोषणा गरेका हुन् ।
राज्यमन्त्री मण्डलले सोमवार हावाहुरीले वितण्डा मच्चाएको स्थलको ग्राउन्ड जिरोमै गएर पीडितहरुको पीडा सुनेका थिए । उनले मंगलबार सहयोग घोषणा गरेका हुन् ।
मण्डल सिरहा निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी यस क्षेत्रका जनप्रिय एवं आशलाग्दा नेताका रुपमा चिनिन्छन् ।
यसअघि प्रदेश २ सरकारले घटनामा मृत्यूवरण गरेकाहरुको परिवारलाई ३ लाख आर्थिक सहयोगसहित घाईतेहरुको उपचार गर्न पनि व्यहोर्ने घोषणा गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…