राजनीतिक रिसइवीले ३ जना उपर झुठा मुद्दा लगाएको आरोप
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा राजनीतिक रिसइवी साँध्न ३ जनालाई निराधार मुद्दा लगाएर फसाउने प्रयास गरिरहेको आरोप लगाइएको छ । पूर्वाग्राही तवरले सार्वजनिक अपराधको उजुरी दिएर पक्राउ गराइएकाहरुलाई अविलम्ब रिहा गर्न नेपाल तरुण दल सिरहाले जोडदार माग गरेको छ । शनिवार विहान १० बजेको समयम

२०७५ चैत १७ आइतबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा राजनीतिक रिसइवी साँध्न ३ जनालाई निराधार मुद्दा लगाएर फसाउने प्रयास गरिरहेको आरोप लगाइएको छ । पूर्वाग्राही तवरले सार्वजनिक अपराधको उजुरी दिएर पक्राउ गराइएकाहरुलाई अविलम्ब रिहा गर्न नेपाल तरुण दल सिरहाले जोडदार माग गरेको छ ।
शनिवार विहान १० बजेको समयमा मिर्चैया–४ कुथनमाबाट मिर्चैया प्रहरीले खुशीलाल ठाकुर, फिरोज यादव र दिपा महरालाई सार्वजनिक अपराधको उजुरीको आधारमा पक्राउ गरेको थियो ।
उनीहरुलाई राजनीतिक एवं पूर्वाग्रही तरवले फसाइएको भन्दै तरुण दल सिरहाले एक विज्ञप्ति मार्फत् यस कदमको घोर भत्र्सना गरको छ । तरुण दल सिरहाका अध्यक्ष शरद राजा शाहीद्धारा जारी विज्ञप्तिमा निर्दोष तीनैजनालाई निःशर्त र स–सम्मान रिहा गर्न माग गरिएको छ ।
राजनीतिक रिसइवी साँध्न प्रहरीलाई प्रयोग गरेर प्रहरी प्रशासन जस्ता सँवेदनशील निकायलाई समेत बदनाम गर्न खोजिएको नेपाल तरुण दल सिरहा ४ का सभापति धनेश्वर यादवले आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…