ईन्जिनीयरहरु निर्माणका मेरुदण्ड हुन : कानुमन्त्री यादव
उनले उद्योगीहरुलाई प्रदेशमा सक्रिय सहभागी गराउनको लागि विद्युत, जग्गा पनि प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए ।

२०७५ चैत १६ शनिबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले ईन्जिनीयरहरुलाई निर्माणको मेरुदण्ड(ब्याक बोन) को संज्ञा दिएका छन् ।
शुक्रबार जनकपुरमा आयोजना गरिएको वर्कशप क्वालिटी कन्सट्रक्न नाम एक समारोहमा बोल्दै मन्त्री यादवले कुनै पनि गुणस्तरिय निर्माणको लागि एक कुशल ईन्जिनीयरको अति आवश्यकता रहेको औल्याए । उनले गुणस्तरीय निर्माणको जिम्मेवारी बोकेको प्रदेशभरिका ईन्जिनीयरहरुले प्रदेशलाई मजबुतिका साथ निर्माणमा सघाउने आसा व्यक्त गरे ।
नेपाल ईन्जिनीयर्स एसोसिएशनका प्रदेश नं. २ केन्द्रले आयोजना गरेको उक्त वर्कशाप कार्यक्रममा मन्त्री यादवले उद्योगीहरुको लागि प्रदेश सरकार स्वागत गर्न तत्पर रहेको बताउँदै प्रदेश नं. २ मा उद्योग खोले २० वर्षसम्म कुनै प्रकारको कर नलिने औल्याए । उनले उद्योगीहरुलाई प्रदेशमा सक्रिय सहभागी गराउनको लागि विद्युत, जग्गा पनि प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए ।
नेपाल ईन्जिनीयर्स एशोसिएसन प्रदेश नं. २ का सभापति नन्दकिशोर यादवको अध्यक्षतामा भएको सो समारोहमा गुणस्तरिय निर्माणको लागि ईन्जिनीयरहरुको भूमिका सराहनीय र अचुक भएको बताए । ३०० भन्दा बढी ईन्जिनीयरहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रममा गुणस्तरीय निर्माणको लागि सिमेन्टको आवश्कता र यसको महत्वको बारेमा प्रकाश पारेका थिए ।
सो कार्यक्रममा ईन्जिनीयर थापाले प्रदेश सरकारले उद्योगीहरुको लागि दिएको अवसरलाई सदुपयोग गर्ने जनाउँदै प्रदेश सरकारको अवसर र निर्णयप्रति प्रशंसा तथा खुसी व्यक्त गरे । उनले भने, प्रदेश सरकारको निर्णयले हामी खुसी छौँ र प्रदेश २ मा उद्योग सँचालन गर्न आतुर भएका छौँ ।
कसमस सिमेन्टको आयोजनामा भएको उक्त कार्यक्रममा डा. जीवराज पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सोही क्रममा ईन्जिनीयर ध्रुव थापाले सिमेन्टको क्वालिटीमा आधारित र त्यस सम्बन्धी कार्यपत्र सहभागीहरु समक्ष दर्साएका थिए । खरिद नियमावली सम्बन्धी रत्नेश्वर कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागी ईन्जिनीयरहरुले गुणस्तरीय निर्माणको लागि आफ्नो भूमिका निष्ठापूवर्क निभाउने प्रतिवद्धता जाहेर गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…