'सस्तो भएछ शिक्षामा राजनीति'
'विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कुचेष्टा कोही पनि नगरौँ ।'

२०७५ चैत १६ शनिबार, दिउँसो २:२५ बजे२ मिनेट पढाइ

मुलुकले शिक्षा नीतिलाई परिमार्जित गर्दै जुन रुपले शिक्षालाई प्राथमिकता दिएको थियो, त्यसले एउटा छुट्टै तरँग पैदा गरेको थियो । शिक्षालाई थप गुणस्तर बनाउन भन्दै रहिआएको डिभिजन प्रणाली खारेज गर्दै ‘जिपिए’ आत्मसाथ गर्यो, त्यसमा पनि केहि विवाद नै आएको थियो । तर, शिक्षालाई जसरि संघ सरकारबाट प्रदेश र स्थानीय तहमा विभाजन गरिएको छ, त्यसले सकारात्मक प्रभाव नै पाइएको भेटियो ।
तर, अब प्रश्न ‘कसले के भुमिका कस्तो रुपले निर्वाह गर्यो भन्ने छ ?’ यो प्रश्नसँगै शिक्षामा उठिरहने हरेक विषय गम्भीर हो । किनकी, शिक्षा आफैँमा देशको मेरुदण्ड हो । विगतमा पनि परिक्षा सुरु हुनु केहि मिनेट अगाडि प्रश्नपत्र आउट हुने गरेको खुलासा सबैमा जानकारी नै छ । तर, त्यसमा कडाई भने गरेको पनि हो ?
तर, यस २०७५ को एसईई परीक्षाले समग्रमा प्रदेश २ कै शिक्षा माथि नै प्रश्न खडा गरेको छ, कुन शिक्षाको खेति हुँदैछ भनेर । विडम्बना यस खेतिमा केहि ‘सो कल्ड’ नेताले राम्रै क्रेज जम्मा गर्न सफल भएका छन् ।
हुन त पहिलो पटक होला यसरी एसईईको प्रश्न पत्र बाहिरिने घटना भएको, तर जेहोस क्रमशः रुपले जसरी एकपछि अर्को प्रश्नपत्र आउट हुनु खेद पुर्ण छ । तर, ‘जसरि प्रश्नपत्र बाहिरीएको छ, त्यसरी नै विद्यार्थी आक्रोशित हुनु स्वभाविक हो । तर, फरक के देखियो भने विद्यार्थी भन्दा नेता र कार्यकर्ताबीच बजारमा कुकर्म गरेको देखियो । गाडी माथि नै हावी हुनु र भौतिक पूर्वाधार माथि ढुंगामुढा गर्नु कुनै पनि विद्यार्थीको नैतिक्ताले दिँदैन, तर विडम्बना त्यस्तो हुन पुग्यो ।’
प्रश्नपत्र बाहिरिएकाले यस देशको ७२ हजारबढी विद्यार्थी प्रभावित भएका छन् । तर, त्यस विषयमा विद्यार्थी भन्दा बढी चिन्तित सरकार देखिएको थियो, जुन सकारात्मक पनि हो । त्यहि सकारात्मकको परिणाम स्वरूप परिक्षा स्थगित गरिएको छ । तर पनि आज जनकपुरधाममा देखिएको आक्रोशमा भने एसईईका विद्यार्थी भन्दा नेता अगुवा छन्, जसले थप अन्योलता सृजना गरेको छ भने अब के होला भन्ने मानसिक तनाव एसईईका विद्यार्थीमा सृजना गरेको छ ।
आधिकारिक व्यक्तिको हैसियतले मुख्यमन्त्री ज्यूपनि कतै न कतै चुक्नु भएको छ । प्रदेश दुईको कुनै सेन्टरबाट प्रश्नपत्र बाहिरियो होला । तर, त्यसलाई थप सुधारको दृष्टिकोणमा नलागेर आरोप प्रत्यारोप लाग्नु स्वंम जिम्मेवारीबाट बञ्चित हुनु हो ।
त्यसैले समग्रमा मुद्दा एक हुन्छ, विष्लेषण थुप्रै हुन्छन् । जसले गर्दा समाजमा नकारात्मक र भयावह अवस्था सृजना गर्दछ । सकारात्मक निर्णयलाई आत्मसाथ गरौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कुचेष्टा कोही पनि नगरौँ ।
दिवाकर उप्रेति
युवा अभियन्ता
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…