जनकपुर पुनः तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । एसईई दिन परीक्षार्थीहरु विहानैदेखि जनकपुर तताएका छन् । प्रदेश नं. २ को एसईई परीक्षा आगामी चैत्त २२ गतेको लागि सारिएको तथा विज्ञान विषयको परीक्षा रद्द गरिएको विरोधमा टायउनीहरुले विहानैदेखि जनकपुरको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । विहानै जनकपुरको भानुचोकमा

२०७५ चैत १६ शनिबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसईई दिन परीक्षार्थीहरु विहानैदेखि जनकपुर तताएका छन् ।
प्रदेश नं. २ को एसईई परीक्षा आगामी चैत्त २२ गतेको लागि सारिएको तथा विज्ञान विषयको परीक्षा रद्द गरिएको विरोधमा टायउनीहरुले विहानैदेखि जनकपुरको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । विहानै जनकपुरको भानुचोकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको विरोधमा नारावाजी गरेका उनीहरु अहिले जनकपुरको थापाचोक, पिडारीचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले शिक्षामन्त्री पोखरेलको राजीनामाको माग गर्दै जनकपुरको पीडारीचोकमा प्रदर्शन गरिरहेका छन् । सयौँको सँख्यामा रहेका आक्रोसित परीक्षार्थीहरुले बीचचोकमै जम्मा भएर चर्को नारावाजी गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…