परीक्षार्थीको आन्दोलनले जनकपुरका स्कूलहरु बन्द
न्यूज ब्यूरो, जनकपुरधाम । एसईई परीक्षार्थीहरुको आन्दोलनले जनकपुरका शैक्षिक संस्थानहरु समेत ठप्प भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्दै विहानैदेखि आन्दोलनमा उत्रेका परीक्षार्थीहरुको प्रदर्शनको कारण मुख्य बजारका सम्पूर्ण विद्यालयहरु ठप्प भएको छ । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को का

२०७५ चैत १५ शुक्रबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसईई परीक्षार्थीहरुको आन्दोलनले जनकपुरका शैक्षिक संस्थानहरु समेत ठप्प भएको छ ।
परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्दै विहानैदेखि आन्दोलनमा उत्रेका परीक्षार्थीहरुको प्रदर्शनको कारण मुख्य बजारका सम्पूर्ण विद्यालयहरु ठप्प भएको छ । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी प्रदर्शन तथा तोडफोड गरेपछि नीजि तथा सामुदायिक विद्यालयहरुले अध्ययन अध्ययापन ठप्प पारेका छन् ।
विहिबार सप्तरीबाट विज्ञान विषयको परीक्षा आउट भएपछि अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । त्यसपछि अबेर राती शुक्रबार हुने भनिएको अनिवार्य समाजिका अध्ययन विषयको परीक्षा हुनुपर्नेमा प्रश्नपत्र आउट भएपछि परीक्षा स्थगित गरिएको हो । परीक्षा स्थगित गरेपछि परीक्षार्थीहरु आन्दोलित भएका छन् ।
उनीहरु जनकपुरको विभिन्न स्थान सहित सिरहा, सप्तरी, रौतहट , विरगंजमा पनि प्रदर्शन गर्दै विरोध जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…