पश्चिमी वायुको प्रभावले बद्ली
काठमाडौँ, ५ पुस : पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ । उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रे

२०७४ पुस ५ बुधबार, बिहान ११:३८ बजे१ मिनेट पढाइ

काठमाडौँ, ५ पुस : पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ ।
उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छ भने तराई क्षेत्रमा पनि कुइरो लाग्ने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको भएपनि बद्लीका कारण घाम राम्ररी नलाग्दा केही चिसो महशुस गरिएको छ । बद्लीको अवस्था आज रातिसम्म जारी रहने र बिहिबारदेखि क्रमिक सुधार हुने मौसमविद श्रेष्ठको भनाइ छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम ५.६ र अधिकतम तापक्रम १९.५ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको १.४ र विराटनगरको अधिकतम तापक्रम २५ डिग्रिसेल्सियस रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…