जनकपुर : एसईई परीक्षाको नक्कली गार्ड बनेका एक युवक पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । गत आईबारदेखि सँचालन भएको एसईई परीक्षा २०७५ को तेस्रो दिन जनकपुरको एक परीक्षाकेन्द्रबाट एक जना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको बसहीया स्थित गोपाल प्रसाद मावि परीक्षाकेन्द्रमा एक १८ वर्षिय युवकले नक्कली दस्खत गरी बनाएको कार्डले परीक्षा केन्द्र भित्र छिरेपछि पक्र

२०७५ चैत १३ बुधबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत आईबारदेखि सँचालन भएको एसईई परीक्षा २०७५ को तेस्रो दिन जनकपुरको एक परीक्षाकेन्द्रबाट एक जना पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको बसहीया स्थित गोपाल प्रसाद मावि परीक्षाकेन्द्रमा एक १८ वर्षिय युवकले नक्कली दस्खत गरी बनाएको कार्डले परीक्षा केन्द्र भित्र छिरेपछि पक्राउ परेका हुन् । उक्त परीक्षा केन्द्रमा विहान ८ बजेदेखि सुरु भएको गणित विषयको परीक्षामा नीरिक्षकको नक्कली कार्ड (परिचयपत्र) बनाएर भित्र छिरेका १८ बर्षिय गुरु शरण दासलाई प्रहरीले पक्राउ गरेका छन् ।
बसहिया परीक्षा केन्द्रका केन्द्राध्यक्ष महाविर दासका अनुसार युवकले किर्ते हस्ताक्षर गरी भित्र छिरेका थिए । पहिलो दिन भित्र छिरेका ती युवक परीक्षामा खटिएका तथा विद्यालय कर्मचारी भन्दा नयाँ देखिएपछि शंका लागेको थियो । शंकाको आधारमा खोजविन गर्दा उनी नक्कली कागजमा नक्कली हस्ताक्षर गरी भित्र पसेका थिए ।
शंका लागेपछि किर्ते हस्ताक्षर र नक्कली नीरिक्षक भेटाएपछि केन्द्राध्यक्ष दासले स्वयं प्रहरीलाई बोलाएर उनलाई पक्राउ गर्न लगाएका थिए । उनी कार्यालय सहयोगीको नाममा कार्ड बनाएर भित्र छिरेका थिए । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…