हँसपुरकी उपमेयर 'झा' ले प्रहरीसँग भनिन- 'तिमिहरुलाई यसको परिणाम भोग्नुपर्छ'
उपामेयर झा र स्थानीय बासी बीच विवाद उत्पन्न भएको सूचना पाए लगत्तै घटना स्थलमा पुगेका थियो ।

२०७५ चैत १२ मंगलबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हंसपुर नगरपालिका वडा नं ६ स्थित टिल्हीमा सार्वजनिक जग्गामा घर बनाएको दाबी गर्दै डोजर लिएर घर भत्काउन पुगेकी उपमेयर रेणु झाले स्थानीयबासीको बिरोधका कारण फिर्ता भएकी छिन् ।
नापीनक्सा अन्य कुनै प्रमाणनै नभई सार्बजनिक जागा ठहर्याउदै जागा छुट्ट्याउनको नाममा घर भत्काउन खोज्दा सम्बन्धि व्यक्तिहरुको अवरोधका कारण फिर्ता भएकी छिन ।
मापदण्ड नपुर्याई मनोमानी ढंगले चुनावी रिसईबी साध्न घर भत्काउन आएकी भन्दै स्थानीय घर धनी विशुन यादवले आरोप लगाए छन् । मेरो घर सार्बजनिक जागामा पर्न गए कानुनी प्रक्रिया पुर्याएर घर भत्काउन आए म कुनै किसिमको विरोध गर्नेछैन तर पूर्वाग्राही भएर घर भत्काउन आए हामी पनि कानुन जान्दछौँ ।
उक्त जागाको विवाद अहिले धनुषा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अदालतको फैसला अनुसार आफ्नो घर सार्बजनिक जागामा भएको ठहर भयो भने घर भत्काउन तयार रहेको यादवले बताए ।
तपसी बाबा उच्च माध्यमिक बिधालय टिल्हीमा तोकिएको एसइइ परिक्षा केन्द्रमा खटिएका बालगंगा चौकीका सशस्त्र बेस कम्पका निरीक्षक दिलेन्द्र खत्रीले उपामेयर झा र स्थानीय बासी बीच विवाद उत्पन्न भएको सूचना पाए लगत्तै घटना स्थलमा पुगेका थियो ।
घटना स्थलमा पुगेका सुरक्षाकर्मीलाई उपमेयर झाले झपार्दै भने तिमिहरु घर धनीको बचाउ गर्न आएको यसको परिणाम भोग्नुपर्ने धम्की समेत दिएकी छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…