जनकपुरमा होली आज, मधेशभरि सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । यस वर्ष तीनदिनसम्म मनाइएको होली जनकपुरमा भने शुक्रबार (आज) होली मनाउने भएको छ । तिथि अनुसार पहाडी जिल्लाहरुमा बुधबार नै होलीको उत्सव मनाइएको छ भने विहिबार तिथि अनुसार नै ग्रामिण भेकहरुमा होली मनाइएको छ । ग्रामिण भेकहरुमा पञ्चाँग र क्यालेण्डरको तिथिमिति अनुसार होली पर्व मनाइ

२०७५ चैत ८ शुक्रबार, बिहान ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यस वर्ष तीनदिनसम्म मनाइएको होली जनकपुरमा भने शुक्रबार (आज) होली मनाउने भएको छ ।
तिथि अनुसार पहाडी जिल्लाहरुमा बुधबार नै होलीको उत्सव मनाइएको छ भने विहिबार तिथि अनुसार नै ग्रामिण भेकहरुमा होली मनाइएको छ । ग्रामिण भेकहरुमा पञ्चाँग र क्यालेण्डरको तिथिमिति अनुसार होली पर्व मनाइएको हो । बुधबार पहाडी सम्पूर्ण जिल्लाहरुमा होली पर्व मनाइयो भने विहिबार तराई मधेशको ग्रामिण भेकमा होली मनाइयो ।
जनकपुरमा भने विहिबार मासुजन्य पदार्थ सेवन नगर्ने भएको भन्दै शुक्रबार मात्र होली पर्व मनाउने भनिएको छ । तराई मधेशको अन्य सबै जिल्लाहरु सहित धनुषामा समेत विहिबार नै होली पर्व मनाइएको हो । मात्र जनकपुरमा भने आज होली पर्व मनाउने भएको छ ।
होलीको अवसरमा जनकपुरका युवकहरुले विभिन्न चोकहरुमा मटकाफोर कार्यक्रमको आयोजना समेत गरेका छन् । प्रत्येक वर्ष मनाउँदै आएको होलीमा मटकाफोर कार्यक्रम गर्ने भएपछि युवाहरुको जमात समेत ओर्लेको देख्न सकिन्छ । मटकाफोर कार्यक्रमको लागि युवाहरुले मटका फोडनेलाई पुरस्कारको व्यवस्था समेत गर्दै आएको छ ।
यसैक्रममा प्रदेश सरकारले विहिबार र शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो । तराई मधेशमा होली पर्व दुई दिन मनाउने भएपछि दुई दिन नै सार्वजनिक विदाको घोषणा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…