लहानमा डा. सिके राउतलाई नागरिक अभिनन्दन, गुञ्जियो- ' जनमत दो, आजादी लो'
सिके राउतको क्रेजले अहिले पनि जनसागर ओर्लिन सक्नेमा पनि विश्वास लिइएको छ ।
२०७५ चैत ५ मंगलबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, लहान । सिरहाको लहानमा आज डा. सिके राउतलाई नागरिक अभिनन्दन गरिने भएको छ ।
राउतद्वारा नव गठित जनमत पार्टीले आज सिरहाको लहानमा शक्ति प्रदर्शन गर्ने भएको छ । आज मध्याह्न लहानमा प्रदर्शन गर्न लागेको हो । पार्टी गठन भएको पहिलो दिन आज प्रदर्शन गर्न लागेकोले अत्यधिक मधेसी जनता उतार्ने तयारीमा नेताहरू जुटेका छन् ।
पार्टीका नेताहरुले सामाजिक संजाल फेसबुकबाट समेत जनतालाई प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । विगत भन्दा आजको प्रदर्शन फरक हुनेछ । सरकारसंग डा. राउतले गरेको सम्झौता ठूलो सफलता हासिल गरेको भन्दै उनलाई नेता तथा कार्यकर्ताले अभिनन्दन गर्नेछन् ।
फ्रि मधेशको नारा लगाउँदै हिडेका सिके राउतका समर्थकहरुले राउतको पार्टी स्वतन्त्र मधेश गठबन्धनले जनमत पार्टीमा परिणत गरेपछि अब - "जनमत दो, आजादी लो" नारा गुन्जिने छ । सरकारसंगको सम्झौतापछि लहानमा बसेको बैठकले राउतको संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको तदर्थ समिती घोषणा गरेको छ ।
पुरानो मुद्दा छाडेर पार्टी गठन गरेपछि धेरै समर्थक रूष्ट भएका छन् । त्यसैले आजको प्रदर्शनमा विगत झै जनसागर उर्लिनेमा शंका धेरैको छ । तर पनि तराई मधेशमा भने सिके राउतको क्रेजले अहिले पनि जनसागर ओर्लिन सक्नेमा पनि विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…