मधेश सरकारको अहिलेसम्मकै उत्तम निर्णय, उद्योगीहरुको लागि खुसीको खवर !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकार गठन भएपछि अहिलेसम्मकै उत्तम र सराहनीय निर्णय गरेर प्रशंसा बटुलेका छन् । प्रदेश नं. २मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले उद्योग नीतिलाई उद्योगि मैत्री बनाउन प्रदेश नं. २मा नयाँ उद्योग स्थापना ग

२०७५ चैत ४ सोमबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकार गठन भएपछि अहिलेसम्मकै उत्तम र सराहनीय निर्णय गरेर प्रशंसा बटुलेका छन् ।
प्रदेश नं. २मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले उद्योग नीतिलाई उद्योगि मैत्री बनाउन प्रदेश नं. २मा नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्ष सम्म प्रदेश सरकारले कुनै कर नलिने निर्णय गरेको हो ।
त्यसै गरि प्रदेश सरकारले उद्योग स्थापनाको लागि निशुल्क लिजमा जग्गा उपलब्ध गराउनुका साथै उद्योगको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बल समेत गठन गर्ने निर्णय गरेको हो ।
त्यसै गरि हालको उद्योग दर्ता प्रक्रियालाई सजिलो बनाउदै ३ घण्टा भित्रै दर्ता गरिने प्रक्रिया समेत मिलाउने निर्णय गरेको हो । यसका अतिरिक्त सहुलियतदरमा विजुली उपलब्ध गराउन समेत पहल गर्ने निर्णय मन्त्री परिषदले गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…