मधेशको माध्यमिकी परिक्रममा आज ऐतिहासिक स्थल धनुषाधाम
परिक्रममा धार्मिक लस्कर भोली विहानै धनुषाको सप्तपोखर अर्थात सतोषर कुशमाहाको लागि रबाना हुनेछ ।

२०७५ चैत १ शुक्रबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । मधेशको महाकुम्भ मानिने माध्यमिकी परिक्रमा आज दशौं दिन धनुषाको धनुषाधाम विश्राम लिएका छन् ।
विहिबार विहानै धनुषाको पर्वता आईपुगेका परिक्रमाको धार्मिक लस्कर आज विहानै केही किलोमिटरको दुरीमा रहेको धनुषाधाममा विश्राम लिएका छन् । पर्वताबाट मिथिला बिहारीको डोला सहित साधुसन्त भक्तजनहरु धनुषाधामको लागि रबाना भएका थिए ।
धनुषाको ठेरा कचुरी स्थित रहेको मिथिला बिहारीको मठबाट उठेको किशोरीजीको डोला जनकपुरको हनुमानगढी हुँदै भारतको कल्याणेश्वर, गिरिजास्थान अर्थात फूलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवमा पडाव लिँदै विहिबार धनुषामा प्रवेश गरेका हुन् ।
बाजागाजा सहित गाडी घोडा लिएर सहभागी भक्तजन श्रद्धालुहरु हजारौंको सँख्यामा १५ दिने माध्यमिकी परिक्रममा सहभागी हुने गरेको छ । शुक्रबार विहान ऐतिहासिक धनुषाधाममा विश्राम लिने भएपछि त्यहाँका स्थानीय सरकारले परिक्रमाका धार्मिक लस्करहरुको लागि विशेष सुविधा तथा स्वागत व्यवस्था मिलाएको जनाइएको छ ।
धनुषाधाम नगरापालिका भित्रै पर्ने दुई पडावस्थल पर्वता र धनुषाधामको लागि स्थानीय तहको सहयोगमा केही सक्रिय युवाहरुलाई सुरक्षा तथा स्वागतको दृष्टिकोणले सक्रिय परिचालन गरिएको छ । जसको लागि न्यूज ब्यूरोका धनुषा संवाददाता विनय कुमार यादव, मोख्तार हुसैन लगायत विनोद कुमार यादव, विशेश्वर मण्डल लगायत दर्जन बढी युवाहरुलाई परिचालन गरिएको हो ।
परिक्रममा धार्मिक लस्कर भोली विहानै धनुषाको सप्तपोखर अर्थात सतोषर कुशमाहाको लागि रबाना हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…