परिक्रमाको धार्मिक लस्करले आज कञ्चनवनमा होली मनाउदै
परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन

२०७५ फागुन २९ बुधबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको अन्तिम पडाव स्थल पुगेका छन् ।
गत बुधबारदेखि विधिवत रुपमा प्रारम्भ भएको मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने परम्परा रहिआएको छ । परिक्रममा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले एक आपसमा रँग अबिर दल्दै आज होली मनाउने भएको छ ।
कंचनवनमा साधुसन्तहरु एकआपसमा रंग अबीर दलेर होलीको विधिवत सुरुवात गर्ने छन । कंचनवनमा साधुसन्तले होली मनाएपछि मधेशमा होली पर्वको विधिवत सुरुवात भएको मानिन्छ । कञ्चनवको होली र धार्मिक लस्करलाई मध्यनजर गर्दै भव्य मेलाको आयोजना समेत हुँदै आएको छ ।
आज राती कञ्चनवनमै विश्राम गर्ने परिक्रमाका धार्मिक लस्करले भोली विहानै धनुषाको पर्वताको लागि प्रस्थान गर्नेछन् । बाजागाजाका साथ हजारौका सँख्यामा रहेका साधुसन्तहरु तथा श्रद्धालुहरुको धार्मिक लस्कर १ सय ५ किलोमिटरको यात्रा पैदल तय गर्नेछन् । परापूर्वकालदेखि चलिआएको यो धार्मिक लस्करको लागि सुरक्षा व्यवस्था समेत कडा मिलाइएको हुन्छ ।
परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाई पछि इतिश्री गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणा लगायतका ठाउँहरुमा परिक्रमाबासीहरु बसोबास गर्छन । परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…