डा. सिके राउत जनकपुरमा !
बुलेट प्रुफ ज्याकेट कहाँबाट आयो जस्ता समाचारहरु प्रकाशन प्रकाशितप्रति सिके राउत मुस्कुराएका थिए ।

२०७५ फागुन २६ आइतबार, बेलुकी ५:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत जनकपुर पुगेका छन् ।
दिउँसो १२ बजे नै आउने भनिएपनि विशेष कारणवंश समयमा आउन नसकेका डा. राउत झण्डै ४ घण्टा ढिलो जनकपुर विमानस्थल पुगेका थिए । यतिको ढिलो पुगेपनि उनका समर्थकहरुले भने धैर्यताका साथ फूलमाला लिएर उनलाई स्वागत गर्नको लागि आतुर भएको देखिए ।
उनलाई स्वागतको लागि तराई मधेशका विभिन्न जिल्लाहरुबाट उनका समर्थकहरु जनकपुर विमानस्थल पुगेको थियो । जनकपुर आएपनि उनले पत्रकारसँग समेत कुराकानी गर्ने तथा सरकारसँग भएको ११ बुंदे सहमतिको बारेमा समेत प्रष्ट पार्ने बुझिएको छ ।
उनका समर्थकहरुले फ्रि मधेशको झण्डा लिएर शक्ति प्रदर्शन गरेका थिए भने उनलाई सुरक्षा दिन समेत उनकै समर्थकहरु कमाण्डो शैलीमा उभिएको देखिए । त्यही रहेको नेपाल प्रहरी भने आफ्नो ड्युटिमा व्यस्त देखिए भने डा. राउतको आगमन अघि देखि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
नेकपाको सरकारसँगै राजनीति सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. राउतलाई तराई मधेशमा सुरक्षा थ्रेट रहेको भन्दै उनका समर्थकहरुले उनलाई सुरक्षा दिएका थिए । उनीहरु सुरक्षाकर्मीझै तैनाथ भएको देखिएको थियो । उनीहरुले सुरक्षाकर्मी झै पोशाकमा देखिएपनि केही सँचारमाध्यमहरुले भने सिके राउतका कार्यकर्तासँग बुलेट प्रुफ ज्याकेट कहाँबाट आयो जस्ता समाचारहरु प्रकाशन प्रकाशितप्रति सिके राउत मुस्कुराएका थिए ।
उनको आगामी कार्यक्रम कहाँ र कति बजे हुने भनेर तय गरिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…