जनकपुरको जानकी मेडिकलमा पुनः तालाबन्दी
उनले आफ्नो मात्रै ९ लाख ५० हजार रुपैया अस्पतालले दिन बाँकी रहेको बताए ।

२०७५ फागुन २६ आइतबार, दिउँसो १:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक तनाव र विवादमा पर्दै आएको जनकपुरको जानकी मेडिकलमा पुनः तालाबन्दी गरिएको छ ।
तलव पारिश्रमिक नदिएको भन्दै त्यस अस्पतालमा काम गरेका पूर्वचिकित्सकहरुले जानकी मेडिकल कलेजको काउण्टर चल्न दिएको छैनन् । उनीहरुले कलेजको काउण्टरमै तालाबन्दी गरी विरोध जनाउँदै आफ्नो तलब माग गरेका हुन् ।
काम गर्दा पाउनुपर्ने तलबको माग गर्दै आधा दर्जन पूर्व चिकित्सकहरुले जनकपुर स्थित ब्रह्मपुरी चोकमा रहेको शाखा अस्पतालको रुपमा सञ्चालित जानकी मेडिकल शिक्षण अस्पतालको काउण्टरमा आज तालाबन्दी गरेका हुन् । पूर्व चिकित्सकहरुले अस्पतालको काउण्टरमा करिब २ घण्टा तालाबन्दी गरेका हुन् ।
काम गरेर छोडेको एकवर्ष वित्न लाग्दा पनि बाँकी तलब निदएकाले बाध्य भएर अस्पतालको काउण्टरमा तालाबन्दी गरेको डा. कर्मेन्द्र यादवले बताए । अस्पताल छाडिसकेका डा. शम्भु साह, डा. गौतम झा, डा.अस्विनी झा, डा.आशोक अधिकारी, डा.सरोज यादव लगाय झण्डै ५० भन्दा बढी कर्मचारकिो लाखौं रुपैयाँ अस्पतालमाथि बाँकी रहेको चिकित्सकहरुको दावी छ ।
उनले आफ्नो मात्रै ९ लाख ५० हजार रुपैया अस्पतालले दिन बाँकी रहेको बताए । अस्पताल व्यवस्थापन पक्षसंग पटक पटक बाँकी तलब दिन आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरुको भनाई छ ।
पत्रकार किरण कर्णको कलमबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…