आफनै प्रशासनिक अधिकारी राख्ने मधेश सरकारको तैयारी
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राखी सर्वशक्तिमान बनाउने तैयारी गरि रहेको बेला प्रदेश नं. २ को सरकारले आफनै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ । मन्त्री परिषदको आज (शुक्रबार) सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयक पारित गरेको हो । उ

२०७५ फागुन २४ शुक्रबार, दिउँसो १:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राखी सर्वशक्तिमान बनाउने तैयारी गरि रहेको बेला प्रदेश नं. २ को सरकारले आफनै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ ।
मन्त्री परिषदको आज (शुक्रबार) सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयक पारित गरेको हो । उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरि आठ वटै जिल्लामा आफनै प्रशानिक अधिकारी राख्ने बाटो खुला हुने छ ।
मन्त्री परिषदको आजको बैठकले प्रदेश प्रशासन सम्बन्धि ऐनका साथै प्रदेश वन सम्बन्धि ऐन, प्रदेश उद्योग सम्बन्धि ऐन, प्रदेश पर्यटन सम्बन्धि ऐन समेतलाई पारित गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…