धनुषामा महिला आफ्नै घरमा जलेको अवस्थामा फेला
छेउकै घरमा सुतेका छोरा बुहारीले थाहा नपाउनुमा शंका उत्पन्न भएको छ ।

२०७५ फागुन २३ बिहीबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक वृद्ध महिला आफ्नै घरमा जलेको अवस्थामा फेला परेकी हुन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता बस्ने अन्दाजी वर्ष ७० की जैसिया देवी आफ्नै घरमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक मुचुल्का अनुसार जैसिया आफ्नै घरमा धुनी बालेको बेला कपडामा आगो लागी जलेर ज्यान गुमाएकी हुन् ।
जैसियाको श्रीमान् कैयौँ वर्षदेखि पारालाईज भएका छन् भने सँगै रहेको घरमा सुतेका छोरा बुहारीले आमा जलेको कुरा थापा नपाएको प्रतिक्रिया दिएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक हिरण कुमार यादवले जानकारी दिए ।
जैसियालाई आगो लागेको भए पोल्दाखेरी चिच्याउनुपर्ने भएपनि नचिच्याएको तथा छरछिमेक सहित छेउकै घरमा सुतेका छोरा बुहारीले थाहा नपाउनुमा शंका उत्पन्न भएको छ । यस घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…