जनकपुरको 'चन्द्रिका मेडिकल' मापदण्ड विपरित रहेको खुलासा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा रहेको चन्द्रिका मेडिकल सेन्टर मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ । जिल्ला स्तरिय संयुक्त बजार अनुगमन समितिले बुधवार गरेको स्थलगत अनुगमनको क्रममा दिसा, पिसाप, रगत लगायतको शारीरिक जाँच गर्ने उद्देश्य सहित शम्भुनाथ यादवको नाममा संचालनमा रहेको चन्द्र

२०७५ फागुन २३ बिहीबार, बिहान ७:५८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा रहेको चन्द्रिका मेडिकल सेन्टर मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ ।
जिल्ला स्तरिय संयुक्त बजार अनुगमन समितिले बुधवार गरेको स्थलगत अनुगमनको क्रममा दिसा, पिसाप, रगत लगायतको शारीरिक जाँच गर्ने उद्देश्य सहित शम्भुनाथ यादवको नाममा संचालनमा रहेको चन्द्रिका मेडिकल सेन्टरमा ल्याव नै नभएको पाइएको हो । यस्तै एक्सरे गर्ने मेशिन समेत वर्षौ देखी बिग्रिएको अवस्थामा रहेको पाइएको छ ।
मेडिकल सेन्टरका लेखापाल महेन्द्र प्रसाद पण्डितका अनुसार ल्याव तथा एक्सरे मेशिन बिग्रएकाले वैदेशिक रोजगारीमा जाने युवाहरुको मेडिकल तथा दिसा, पिसाप, रगत लगायतको शारीरिक जाँच गराउन आउने विरामीहरुको दिसा, पिसाप, रगत संकलन गरेर अन्यत्र ल्यावबाट जाँच गराएर रिपोर्ट दिने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत समेत रहेका संयुक्त बजार अनुगमन समिति संयोजक दिनेश साहका अनुसार अनुसन्धानको लागि दर्ता लगायतको कागजात सहित जिल्ला प्रशासन कार्यालयका उपस्थित हुन निर्देशन दिएको बताए । साथै भौतिक, पूर्वाधारमा तत्कालै सुधार गर्न समेत निर्देशन दिएको उनले थपे ।
यस्तै बजरंग चोकमा डा।राघबेन्द्र झाले संचालन गरेको ओम दिर्घायु हस्पिटल समेत अव्यवस्थित हुनुको साथै जथाभावी फोहोर पाइयो । हस्पिटल परिसरमा औषधी बिक्रि गर्ने गरी संचालनमा रहेको सान मेडिकल हलमा समेत संचालक पवन यादव अनुपस्थित हुनुको साथै दर्ता लगायतको कागजपत्र केही नभएको अनुगमन टोलीले जनाएको छ ।
जनकपुरको रामानन्द चोकमा रहेको गुडु नास्ता पसल बिना दर्ता वर्षौ देखी संचालनमा रहेको पाइएको छ । उक्त नास्ता पसललाई एक हप्ता भित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको तथा अटेरी गरे नियमानुसार कारवाही गरिने अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…