अब धनुषाकै धारापानी सैनिक ब्यारेकमा सर्प दन्स उपचार केन्द्र खुल्दै
सर्पदन्स उपचार केन्द्रको स्थापनापछि यस भेकका सर्वसाधारणहरुले सहज सेवा लिन सकिने बताए ।

२०७५ फागुन १४ मंगलबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानी स्थित रहेको सैनिक ब्यारेकमा सर्प दन्स उपचार केन्द्र खुल्ने भएको छ ।
धनुषाधाम नगरपालिकाको आर्थिक वर्ष ७४ ७५ बजेटमा सर्प दन्स केन्द्रको लागि भवन बनाउने बजेट बिनियोजित गरिएको हो । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले तराई मधेशमा सर्प टोकाईको कारण कैयौँ सर्वसाधारणको मृत्यू हुँदै आएको भन्दै सर्पदन्स उपचार केन्द्रको स्थापनापछि यस भेकका सर्वसाधारणहरुले सहज सेवा लिन सकिने बताए ।
उनले भने, - "सर्प दन्सकै कारण तराई मधेशमा बर्षायाम सहित गर्मीको मौसममा सर्वसाधारणहरुको मृत्यू हुँदै आएको छ । समयमा उपचार गराउन नसकेर अकालमै मृत्यू हुँदै आएको छ । समयमा उपचारको अभावमा ज्यान गुमाउनु परेको छ । त्यही भएर हामी प्राथमिकता दिएर सर्प दन्स केन्द्र संचालन गर्न बजेट छुट्टाएका छौ । छिट्टै संचालनमा आउँदैछ, हामि नेपाल आर्मी ब्यारेक धारपानीमा राखेका छौ । आर्मीका सर्प बिभाग हेर्ने चौहरबा ब्यारेकाका प्रमुख सङ्ग पनि कुरा गरिसके का छौ । अब छिट्टै सँचालनमा आउने छ ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…