पेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका
संचालकले पावर सप्लाइ (विद्युत) बन्द गरेको केहिवेरपछि चेक गर्दा मिटर बक्स र तेल मापन गुणस्तरिय देखिएको थियो ।

२०७५ फागुन १३ सोमबार, बिहान ९:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी २ स्थित ललिता पेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका गरिएको छ ।
अनियमितता भएको जनगुनासो बढेपछि गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरले दुहवीका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि सेवाग्राही ठगिरहेको आशंका गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरका अनुगमन टोली, इलाका प्रहरी कार्यालय दुहवी, दुहवीका पत्रकारहरुले सयूक्तरुपमा ललिता पेट्रोल पम्प र दुहवी ३ स्थित पाथिभारा पेट्रोल पम्पमा आइतवार अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा दुहवी–ईनरुवा सडक खण्डको दुहवी २ स्थित तुताहाको ललिता पेट्रोल पम्पमा अनुगमन गर्न टोली पम्प परिसरमा प्रवेश गर्ने बितिकै पम्प संचालकले डिस्पेन्सिङ पम्पको पावर सप्लाइ९विद्युत० काटि अनुगमनमा वाधा र असहयोग गरेको थियो ।
सो पावर सप्लाइ (विद्युत) काट्दा पम्को मिटर परिक्षण गर्न तत्काललाइ नमिल्ने र तेल कम दिइरहेको अवस्थाको पहिचान हुँन न सक्ने भएर संचालकले पावर सप्लाइ (विद्युत) बन्द गरेको हुँन सक्ने गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरका प्रमुख शम्भु कुमार झाले वताए । संचालकले पावर सप्लाइ (विद्युत) बन्द गरेको केहिवेरपछि चेक गर्दा मिटर बक्स र तेल मापन गुणस्तरिय देखिएको थियो ।
झाका अनुसार ३ महिना अगाडीपनि अनियमितता भएको जनगुनासो बढेपछि ललिता पेट्रोल पम्पमा अनुगमन गर्दा यसरिनै पावर सप्लाइ९विद्युत० बन्द गरेपछि मिटर बक्सको चावी नियन्त्रणमा लिइ आशंकाको घेरामा राखिएको थियो ।
अनुगमन गर्न टोली पम्प परिसरमा प्रवेश गर्ने बितिकै पम्प संचालकले डिस्पेन्सिङ पम्पको पावर सप्लाइ (विद्युत) काटि अनुगमनमा असहयोग गरेको भन्दै के कति कारणले पावर सप्लाइ (विद्युत) बन्द गरेको भन्दै ३ दिन भित्र गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरमा उपस्थित हुँन पत्र काटिएको थियो ।
सो पेट्रोल पम्पमा सेवा लिने सेवाग्राही सत्या ऋषिदेवका अनुसार ग्यालेनमा ५–१० लिटर पेट्रोल माग्दा न दिने गरेकोमा आफु पहिल्यै आशंकित भएको जानकारी दिएका छन । यसैगरि दुहवी ३ स्थित पाथिभारा पेट्रोल पम्पमा समेत अनुगमन गरिएको थियो ।
पाथिभारा पेट्रोल पम्पमा अनुगमन टोली पुगेपछि पम्पमा पेट्रोल सकिएको पम्पका कर्मचारी प्रमोद झाले वताएपछि पम्पको डिजेल मिटर
चेक गरिएको थियो । डिजेल मिटर चेक गर्दा पुरानो शिल भेटिएपछि तत्कालै शिल परिर्वतन गरिएको थियो । सो पेट्रोल पम्पमा मिटर बक्स भने गुणस्तरिय देखिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…