एक मधेशीलाई भारतमा गोली हानी हत्या, आमा पटक पटक बेहोस् !
न्यूज ब्यूरो, सिरहा । मधेशी मूलका एक नेपालीलाई भारतमा गोली हानी हत्या गरिएपछि उनकी आमा पटक पटक बेहोस हुँदै आएकी खवर छ । महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको हो । सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो। यसअघि

२०७५ फागुन ११ शनिबार, राति ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेशी मूलका एक नेपालीलाई भारतमा गोली हानी हत्या गरिएपछि उनकी आमा पटक पटक बेहोस हुँदै आएकी खवर छ ।
महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको हो । सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो।
यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो। फेरि एकपटक त्यस्तै घटना दोहोरिन गएको छ।
मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको खुटौनामा भेटिएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्याइएको थियो। पटनामा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो। उनीमाथि तीन गोली प्रहार भएको प्रहरीले बताएको छ।
भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवार जनलाई शुक्रबार भारतीय सुरक्षाकर्मीले शव बुझाएका थिए। पीडित परिवारले सिरहा प्रहरीमा पनि किटानी जाहेरी दिन लाग्दा उनलाई फेरी पोष्टमार्टम गराउन धरान पठाइएको थियो।
शनिबार उनको दाहसंस्कार भएको छ। मृतकको बुबा वैदेशिक रोजगारमा साउदी गएका छन्। घटनापछि आमा पटक–पटक बेहोस भइरहँदा आफन्तजनले उपचारका लागि अस्पताल भर्ना गराएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…