NRMA का अन्तराष्ट्रिय अध्यक्ष कुशवाहालाई मातृशोक
न्यूज ब्यूरो, जनकपुरधाम । गैर आवासीय मधेशी संघ ( एनआरएमए) का अन्तराष्ट्रिय अध्यक्ष ईन्जिीनीयर बसन्त कुशवाहालाई मातृशोक परेको छ । मधेशी जनताहरुको हकहितमा वकालत गर्दै आएका कुशवाहाकी आमा श्रीमति जानकी देवीले काठमान्डौँको नर्भिक अस्पतालमा अन्तिम साँस लिएको जनाइएको छ । स्वतन्त्र मधेश गठबन्धनले एक प्रेस व

२०७५ फागुन ७ मंगलबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गैर आवासीय मधेशी संघ ( एनआरएमए) का अन्तराष्ट्रिय अध्यक्ष ईन्जिीनीयर बसन्त कुशवाहालाई मातृशोक परेको छ ।
मधेशी जनताहरुको हकहितमा वकालत गर्दै आएका कुशवाहाकी आमा श्रीमति जानकी देवीले काठमान्डौँको नर्भिक अस्पतालमा अन्तिम साँस लिएको जनाइएको छ । स्वतन्त्र मधेश गठबन्धनले एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारप्रति शक्ति धारणाको कामना गरेका छन् ।
गठबन्धनका प्रवक्ता अब्दुल खानले प्रेस विज्ञप्तिमा गैर आवाशिय मधेशी संघ को अन्तर्राष्ट्रीय अध्यक्ष ई. श्री बसन्त कुशवाहाको ममतामई माता श्रीमति जानकी देवी दीवंगत आज काठमाडौंको नर्भिक अस्पतालमा भएको खबर सार्वजनिक हुदां स्वतन्त्र मधेश गठबन्धन अत्यंत स्तब्ध र दुःखी भएकोछ ।
दीवंगत आत्माप्रति हार्दिक श्रद्धांजली अर्पित तथा परिवार ,आफन्ताहरुमा धैर्यधारण गर्न आग्रह स्वतन्त्र मधेश गठबन्धन गठबन्धन गर्दछ।
कुशवाहा वैदेशिक रोजगारी सहित विश्वको विभिन्न देशमा छरिएर रहेका मधेशी युवाहरुको छाता सँगठन गैर आवासीय मधेशी संघको मेरुदण्डको रुपमा उभिएको मानिएका छन् । शोक सन्तप्त परिवारप्रति त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. समेत हार्दिक संवेदना प्रकट गर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…