धनुषाकी रसाइलीलाई सामुहिक बलात्कारपछि जलाएको खुलासा, ४ जना पक्राउ !
यस घटनाबारे थप अनुसन्धान तीव्र पारिएको जनाइएको छ ।

२०७५ फागुन ६ सोमबार, राति ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ ।
मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो ।
सोमबार बेलुकी न्यूज ब्यूरोसँग कुराकानी गर्दै धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता दान बहादुर थापले भने, “हामी हत्यारा नजिक पुगेका छौँ”, धनुषा प्रहरी र प्रदेश २ का प्रहरीको अनुसन्धान तथा सँलग्न अभियुक्तको खोजी कार्य तीव्र पारिएको छ । यस घटनामा सँलग्नको आशंकामा केही व्यक्तिहरुलाई पक्राउ समेत गरी अनुसन्धान थालेका छौँ ।
यो पनि पढनुहोस् : धनुषामा एक बालिकालाई हत्या गरी जलाईएको अवस्थामा फेला !
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ मरलाधार मगरटोलका देवनानारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियाको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
प्रहरीले बटेश्वर गाउँपालिकाका निरजजर्घा मगरसहित चारजनालाई पक्राउ गरी जनकपुरधामस्थित प्रदेश नं. २ प्रहरी कार्यालयमा लिएर गएको जानकारी प्राप्त भएको छ । उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरू पूर्ण विवरण सार्जनिक गरेको छैन ।
दुतियाको शव गत बिहीबार गाउँदेखि झन्डै पाँच मिटर उत्तर उखुखेतमा शरीरको आधी भाग जलेको अवस्था भेटिएको थियो । ईलाका प्रहरी कार्यालय ढल्केवरले दिएको प्रारम्भिक जानकारी अनुसार बालिका रसाइलीलाई बलात्कारपछि हत्या र त्यसपछि जलाइएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
यो पनि पढनुहोस् : रसैलीलाई बलात्कारपछि हत्या गरी जलाइएको आशंका !
उक्त घटनाको सुक्ष्म अनुसन्धानको लागि प्रदेश नं. ३ को हेटौडाबाट प्रहरीको प्रशिक्षित डग टिम आएर अनुसन्धान गरेपछि घटनाको सुराक पाइएको जानकारी छ । यस घटनाबारे थप अनुसन्धान तीव्र पारिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…