धनुषामा एक बालिकालाई हत्या गरी जलाईएको अवस्थामा फेला !
यता, स्थानीयहरुले भने घटनाको प्रकृति हेर्दा बालिकालाई जिउँदै जलाएको हुनुपर्ने अनुमान गरेका छन् ।

२०७५ फागुन २ बिहीबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २ फागुन । धनुषामा एक बालिकालाई हत्या गरी जलाएको घटना बाहिरिएको छ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ३ मगरटोलमा एक बालिकालाई जलाएको अवस्थामा भेटेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार, मिथिला नपा वडा नं. ३ हरिहरपुरको नारायण रैसेलीकी छोरी अन्दाजी बर्ष ११ की दुतिया रैसेली रहेको छ । बालिका आधि जलेको अवस्थामा स्थानीयहरुले देखेका थिए ।
मगर टोलको मरला धार भन्ने ठाउँमा रैसेलीको शव आधि जलेको अवस्थामा थियो । आगो लगाएर जलाएको देखिएको छ । घटनाको मुचुल्का र प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती ११ वर्षिय बालिकालाई मारेर जलाएको वा जलाएर मारेको भन्ने बारे यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार, उक्त घटनाको अनुसन्धानको लागि प्रदेश प्रहरीको आग्रहमा हेटौडाबाट डग टोली आएको बताए । डग टोली आएर उक्त घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेर पुनः फर्केको हो । यस घटनाबारे अनुसन्धान तीव्र पारिएको भन्दै कसले, किन र कसरी जलाएको बारे पोष्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् ।
यता, स्थानीयहरुले भने घटनाको प्रकृति हेर्दा बालिकालाई जिउँदै जलाएको हुनुपर्ने अनुमान गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…