धनुषामा एक बालिकालाई हत्या गरी जलाईएको अवस्थामा फेला ! 

यता, स्थानीयहरुले भने घटनाको प्रकृति हेर्दा बालिकालाई जिउँदै जलाएको हुनुपर्ने अनुमान गरेका छन् ।

२०७५ फाल्गुण २ बिहीबार
रति ९:३० बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, २ फागुन । धनुषामा एक बालिकालाई हत्या गरी जलाएको घटना बाहिरिएको छ । 

 

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ३ मगरटोलमा एक बालिकालाई जलाएको अवस्थामा भेटेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार, मिथिला नपा वडा नं. ३ हरिहरपुरको नारायण रैसेलीकी छोरी  अन्दाजी बर्ष ११ की  दुतिया रैसेली रहेको छ । बालिका आधि जलेको अवस्थामा स्थानीयहरुले देखेका थिए । 

 

मगर टोलको  मरला धार भन्ने ठाउँमा रैसेलीको शव आधि जलेको अवस्थामा थियो । आगो लगाएर जलाएको देखिएको छ । घटनाको मुचुल्का र प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती ११ वर्षिय बालिकालाई मारेर जलाएको वा जलाएर मारेको भन्ने बारे यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक सरोज राईले जानकारी दिए । 

 

उनका अनुसार, उक्त घटनाको अनुसन्धानको लागि प्रदेश प्रहरीको आग्रहमा हेटौडाबाट डग टोली आएको बताए । डग टोली आएर उक्त घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेर पुनः फर्केको हो ।  यस घटनाबारे अनुसन्धान तीव्र पारिएको भन्दै कसले, किन र कसरी जलाएको बारे पोष्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् ।

 

यता, स्थानीयहरुले भने घटनाको प्रकृति हेर्दा बालिकालाई जिउँदै जलाएको हुनुपर्ने अनुमान गरेका छन् ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७५ फाल्गुण २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus