गणेशमान चारनाथमा लाहको लहठी तालिम
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिलाहरुलाई लाहको लहठी बनाउने तालिम दिइएका छन् । नगरपालिकाको वडा नं. १० मा महिलाहरुको लागि लाह चुडा बनाउने तालिम सप्पन्न भएको हो । नगरपालिका नगरपालिकाको कार्यलय बिरेन्द्र बजारको सहयोगमा ग्रामिण अपाङ्ग सरोकार केन्द्र धनुषाको सहकार्यमा गत २२ गते

२०७५ फागुन ४ शनिबार, बिहान ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिलाहरुलाई लाहको लहठी बनाउने तालिम दिइएका छन् ।
नगरपालिकाको वडा नं. १० मा महिलाहरुको लागि लाह चुडा बनाउने तालिम सप्पन्न भएको हो । नगरपालिका नगरपालिकाको कार्यलय बिरेन्द्र बजारको सहयोगमा ग्रामिण अपाङ्ग सरोकार केन्द्र धनुषाको सहकार्यमा गत २२ गते माघ देखि २ गते फागुन सम्म स्थानीय महिलाहरुलाई स्वरोजगारको दुष्टिकोणले लहठी बनाउने तािलम प्रदान गरिएको हो ।
ग्रामिण अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षतामा एवम चारनाथ नगरकी नगर उप प्रमुख मिना यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिम कार्यक्रममा महिलाहरुलाई स्वाबलम्बी बनाउको लागि विभिन्न कार्यक्रमहरुको ल्याउने प्रतिवद्धता जाहेर गरिन् । उनले भनिन महिला उधमी तयार गर्न हामी जनप्रतिनिधि तत्पर रहेका छौ , मैले आफनो कार्यक्रममा राखी महिला चेतनामुलक कार्यक्रमहरु राखेको छौ र चुडा लहठीतालिमबाट लठहीको बजारिकरण पनि गर्ने उदेश्य राखेका छौँ, जसले गर्दा उद्यमी महिलाहरु स्वरोजागरको बाटोलाई सुदृढ बनाउनेछिन् ।
सो तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा बिशिस्ट अतिथी प्रशकिय अधिकृत लखनदेब यादव, लेखा अधिकृत शिव नारायण साह, राष्ट्र अपाङ्ग मैत्री प्रदेश नं. २ का अध्यक्ष किरण पसवान, समाज सेवि सन्तोषी यादव, संगीता देवि साह, न्याय समिती सद्स्य ललिता यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…