रसैलीलाई बलात्कारपछि हत्या गरी जलाइएको आशंका !
रसैलीलाई बलात्कारपछि त्यसको सबुत निभाउनको लागि त्यस्तो गरिएको हुन सक्ने आशंका गरिएको छ ।

२०७५ फागुन ३ शुक्रबार, बिहान १०:५४ बजे२ मिनेट पढाइ

जनकपुरधाम, ३ फागुन । धनुषामा विहिबार भएको घटना नयाँ मोड तर्फ संकेत गरिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ हरिहरपुरमा विहिबार एक बालिकालाई हत्या गरि जलाईएको अवस्थामा शव फेला परेपछि त्यस घटनाको अनुसन्धानत तीव्र पारिएको हो ।
मिथिला नगरपालिका–३ मगरटोलमा ११ वर्षीया दुतिया रसैलीलाई जलाएको अवस्थामा फागुन २ गते शव भेटेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । बालिका आधि जलेको अवस्थामा मगर टोलको मरला धार भन्ने ठाउँमा स्थानीयहरुले देखेका थिए । यता, बालिकालाई बलात्कार गरी रहस्य खुल्ने डरले जिउँदै जलाएको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीको प्रारम्भि अनुसन्धानको आधारमा बालिकालाई मारेर जलाएको वा जलाएर मारेको भन्ने बारे यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्सपेक्टर सरोज राईले बताए । इन्सपेक्टरका अनुसार प्रदेश प्रहरीको आग्रहमा हेटौडाबाट डग टोली र फोरेन्सीक डाक्टर पनि आएको बताए । "डग टोली" आएर उक्त घटना स्थलको प्रारम्भिक अनुसन्धान गरेर पुन फर्केको हो ।
यस घटनाको बारे अनुसन्धान तीव्र पारिएको भन्दै कसले, किन र कसरी जलाएको बारे पोष्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाए । सेक्सीयुवल एवुज भएको शंका पनि गरिएको छ । यो विषयमा पनि पोष्टमार्टम र स्वास्थ्य परिक्षणको रिपोर्टले बताउने इन्सपेक्टर राई जनाए । प्रहरी निरिक्षक राईका अनुसार बलात्कारपछि जलाइएको आशंका मात्र गरिएको छ , यसको बारेमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र प्रष्ट भन्न सकिने छ ।
शव पोष्टमाटमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ । आज पोष्टमार्टम गरिने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाए । मृतक बालिकाको आमा नभएको बुवा मांसिक रुपमा ठिक नभएको र हजुर आमाको पनि आँखा नदेख्ने भएकोले उजुरी दिने कोही भएन । प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान पछि मुद्दा चलाइने प्रहरी निरिक्षक राईले बताए ।
बालिका छिमेकीको विहेमा फागुन १ गते घरबाट गएको थियो । सोही रातीमै जलाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । रसैलीलाई बलात्कारपछि त्यसको सबुत निभाउनको लागि त्यस्तो गरिएको हुन सक्ने आशंका गरिएको छ ।
यो घटनाको पहिलो समाचार पढनुहोस् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…