स्वतन्त्र मधेश गठबन्धन सरकाससँग वार्ताको लागि तयार छ : प्रवक्ता खाँ
‘मुलुकको उन्नति र दिगो विकासका लागि हामी जटिलभन्दा जटिल समस्या समाधान गरी लोकतन्त्र र संघीय प्रणालीलाई जोगाउन तयार रहेको’

२०७५ माघ २५ शुक्रबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

जनकपुरधाम,२५ माघ । अलगै मधेश राष्ट्रको अभियान चलाएको डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग वार्ताको लागि चासो देखाएका छन् ।
गठबन्धनका प्रवक्ता अब्दुल खाँ ले एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यबाट उचित र उपयुक्त वातावरण निर्माण गरिए स्वतन्त्र मधेश गठबन्धनले वार्ता र सम्वाद गर्न तयार रहेको उल्लेख गरेका छन् । शान्तिपूर्ण मार्गद्वारा आन्दोलनरत स्वतन्त्र मधेश गठबन्धनले नेपाल सरकारसँग वार्ता तथा सम्वादमा जान तयार हुँदा सरकारबाट बेवास्ता गरिनु दुःखद रहेको प्रवक्ता खानले विज्ञप्तिमार्फत् जनाएका छन् ।
शान्तिपूर्ण मार्गबाट विचलित नभईकन मधेशको पूर्ण हक अधिकारका लागि आवाज उठाइरहेको स्वतन्त्र मधेश गठबन्धन नेपाल सरकारसँग वार्ता र सम्वाद गर्न तयार हुँदाहुँदै पनि नेपाल सरकारको तर्फबाट गठन गरिएको वार्ता समितिले गठबन्धनसँग वार्ता गरेको थिएन ।
यसप्रति गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘मुलुकको उन्नति र दिगो विकासका लागि हामी जटिलभन्दा जटिल समस्या समाधान गरी लोकतन्त्र र संघीय प्रणालीलाई जोगाउन तयार रहेको’ प्रवक्ता खाँले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…