डा.सिके राउतका १३ जना स्वराजी रिहा, १० अझै प्रहरी हिरासतमा
शवयात्राको क्रममा पक्राउ परेकाहरुमध्ये बाँकीलाई सोमबार नै रिहा गरिएको थियो ।

२०७५ माघ २२ मंगलबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २२ माघ । स्वतन्त्र मधेश गठबन्धनका १३ जना कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।
सोमबार राम मनोहर यादवको अन्तिम सँस्कार कार्यक्रम तथा शवयात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट बाँके पुगेका डा. सिके राउतका २६ जना समर्थकहरुलाई पक्राउ गरी हिरासतमा राखेका थिए । झण्डै ५ महिनापछि लास बुझेका राम मनोहरका परिवारले उनको अन्तिम सँस्कार उनकै पैतृक गाउँमा गर्ने भएपछि हजारौँको सँख्यामा शवयात्रामा सहभागी हुन युवाहरु पुगेका थिए ।
स्वतन्त्र मधेश गठबन्धनको प्रथम सहिद राम मनोहर यादवलाई श्रद्धाञ्जली अर्पण गर्न बाँके पुग्दै गरेका विभिन्न जिल्लाका युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये मँगलबार दिउँसो धनुषाका शिव कुमार यादव, प्रदीप मण्डल, सँजय यादव, रौतहटका दिपेश क्रान्ती, अशोक साह, महोत्तरीका विश्वनाथ चौधरी, बीरेन्द्र मण्डल, सिकेन्द्र यादव, नागेश्वर यादव, सुरेश साह र बाराका मँगल साहलाई रिहा गरिएको हो ।
पक्राउ परेकाहरुमध्ये अहिले पनि १० जना प्रहरी हिरासतमा रहेको जनाइएको छ । जसमध्ये किलेश मण्डल महोत्तरीका सँजय स्वराजी, सिरहाका शुदिप राज कुशवाहा, विशुन ठाकुर, रौतहटका विरेन्द्र साह, महोत्तरुीकै सँतोष मण्डल, सुनसरीका श्रीराम चाधरी, सप्तरीका सत्यनारायण साह, बाराका विनोद यादव र पर्साका सँजय साह उपर मुद्दा लगाइएको हो । शवयात्राको क्रममा पक्राउ परेकाहरुमध्ये बाँकीलाई सोमबार नै रिहा गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…