प्रदेशको नाम, भाषा तथा राजधानी तोक्न प्रदेश प्रमुखको शुभकामना
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानुन निर्माण गर्नका लागि सबै दलको सहयोग प्राप्त भईरहेको विचार प्रस्तुत गरे ।
२०७५ माघ २२ मंगलबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २२ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकोले प्रदेश सभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिएका छन् ।
प्रदेश नं. २ को प्रदेश सभाको पहिलो बार्षिकोत्सव समारोहलाई उद्धघाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले सँघियता पश्चात पहिलो पटक स्थापित प्रदेश सभाले पहिलो बर्ष पुरा गरेकोमा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
सो कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतले कर्मचारी अभावले प्रदेशको कार्य गर्न कठिनाई भईरहेको बताएका थिए ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानुन निर्माण गर्नका लागि सबै दलको सहयोग प्राप्त भईरहेको विचार प्रस्तुत गरे ।
खेल, रक्तदान, बृक्षारोपण जस्ता ३ दिवसिय कार्यक्रम गरी प्रदेश सभाले पहिलो बार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा भलिबल तथा ब्याडमिन्टन खेलमा प्रथम, द्धितिय तथा तृतिय हुने माननीय मन्त्री तथा कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्रका साथै ट्रफी प्रदान गरिएको थियो ।
त्यस्तै, रक्तदान गरेकाहरुलाई पनि सो कार्यक्रममा प्रमाण पत्र दिईएको थियो । कार्यक्रममा उत्कृष्ट प्रदेश सभा सदस्य पुरस्कार साँसद शिवचन्द्र चौधरीलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको पुरस्कार रँजीत राय यादवलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान गरिएको छ ।
कार्यक्रममा बिधेयकहरुको सँग्रहित पुस्तक बिमोचन गर्नुका साथै कबीर अनाथ बाल आश्रमका बालबालिकालाई लता कपडा पनि बितरण गरिएको थियो । कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, सँधिय साँसद , सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
ब्रम्हानन्द ठाकुर
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…