मधेश प्रवेशको पूर्व सन्ध्यामा ओलीको पूतला दहन !
रौतहट, १८ माघ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश आगमनको पूर्व सन्ध्यामा रौतहटमा पूतला दहन गरिएको छ । शुक्रबार नेपाली काँग्रेसक निकट भातृ सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । चन्द्रनिगाहपुर स्थित नेपा

२०७५ माघ १८ शुक्रबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

रौतहट, १८ माघ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश आगमनको पूर्व सन्ध्यामा रौतहटमा पूतला दहन गरिएको छ ।
शुक्रबार नेपाली काँग्रेसक निकट भातृ सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । चन्द्रनिगाहपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यलयबाट सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता र प्रहरी विच केही बेर घम्साघम्सी समेत भएको थियो ।
जलाउन लागेका प्रधानमन्त्री ओलीको पुतला खोस्ने प्रहरीको प्रयास असफल पार्दै आन्दोलनकारीहरुले प्रधानमन्त्रीको पुतला जलाउन सफल भएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्रीको पुतला जलाउन सफल भएको विद्यार्थी नेता सुमन गौतमले बताए ।
विरोध जुलुसमा नेपाली कांग्रेस रौतहटका प्रदेशसभा सदस्य धनलाल ठोकर ,बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगाएत कांग्रेसका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।
शनिबार विहान ११ बजे मधेशको सिरहामा च.माविको छात्रावास शिलान्यासका साथै सहिद हेम नारायण यादवको १५ औँ स्मृति सभालाई सम्बोधन गर्न आउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…