सडक अवरोध गर्न खोज्ने १७ डाक्टर पक्राउ
काठमाडौँ, १८ माघ । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई शुक्रबार (आज) प्रहरीले पक्राउ गरेको छ । विगत कैयौँ दिनदेखि अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता ह

२०७५ माघ १८ शुक्रबार, दिउँसो ३:०८ बजे१ मिनेट पढाइ

काठमाडौँ, १८ माघ । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई शुक्रबार (आज) प्रहरीले पक्राउ गरेको छ ।
विगत कैयौँ दिनदेखि अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेमा डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा हेमन्त बाँस्तोलालगायत छन् । चिकित्सकले भने शान्तिपूर्ण ¥यालीका क्रममा चिकित्सकलाई पक्राउ गरेको दाबी गरेका छन् । अनशनरत प्राडा केसीको मागका पक्ष÷विपक्षमा आन्दोलन सञ्चालन हुन थालेपछि सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा विगतदेखि नै प्रतिकूल असर पुग्दै आएको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा आफूसँग भएका सहमतिअनुसार कानून बनाउनुपर्नेलगायतका सवाल उठाई गत पुस २६ गतेबाट डा. केसी १६औँ पटक अनशनमा बसेका छन् । डा केसीका अधिकांश माग प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकाले अनशनको औचित्य नभएको सरकारले बताउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…