विराटनगर ट्रिपर आन्दोलनले तनावग्रस्त, आन्दोलनकारी भन्दा प्रहरी बढी !
विराटनगरको रोडशेष चौक सम्म पुग्ने योजनासहित निकालिएको रयालीलाई प्रहरीले अघि बढ्न दिएको छैन ।

२०७५ माघ १८ शुक्रबार, दिउँसो २:५४ बजे२ मिनेट पढाइ
विराटनगर, १८ माघ । ट्रिपर व्यवसायी संघले आव्हान गरेको ट्रिपर रयालीलाई प्रहरीले रोक्न खोजेपछि कोसी राजमार्ग अवरुद्ध गरिएको छ ।
उक्त राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्र अहिले तनावग्रस्त बनेको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर रयालीको आयोजना गरिएको थियो ।
उक्त रयालीमा तीन सय बढी टिपर सहभागी छन् । रयाली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको छ ।
आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर ¥यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिती असामान्य बन्दै गएको छ । रयाली साढे १२ बजे ढाटमा आइपुगेको थियो । विराटनगरको रोडशेष चौक सम्म पुग्ने योजनासहित निकालिएको रयालीलाई प्रहरीले अघि बढ्न दिएको छैन ।
अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिती उत्पन्न भएको छ । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी गरिरहेका छन् । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ ।
रयालीमा सहभागी टिपरले छ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । परिचालन गरिएकामा सशस्त्र प्रहरीको संख्या अधिक छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…