नेपालमा मानव बेचबिखनको यस्तो कुरुप, जनकपुरबाटै यतिको जना बेचिए !
चालु आर्थीक वर्ष २०७५/७६ को मात्र ५ महिनामा देशबाट कुल १ सय ४८ जना बेचिएका मुदा दर्ता भएको
२०७५ माघ १८ शुक्रबार, बिहान ५:११ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १८ माघ । नेपालमा विगत केही वर्षदेखि अपराधीक क्रियाकलाप बढदो क्रममा रहेको छ । जसमध्ये मानव बेचबिखन पनि एक मुख्य अपराधको सुचीमा रहेको छ । नेपालबाट हुने मानव बेचबिखनमा महिलाको संख्या बढी रहेको प्रहरी तथ्यांकमा उल्लेख गरिएको छ । जातीय समीकरणका आधारमा जनजातीका संख्या सबैभन्दा बढी देखिएको छ ।
आर्थीक वर्ष २०७४–७५ मा नेपालबाट कुल ५ सय ४६ जना बेचिएका उजुरी प्रहरीमा परेको थियो र ३ सय ५ मुद्दाको मात्र फर्छयौट भएको प्रहरी तथ्यांकमा रहेको उल्लेख छ । जसमा १ सय १९ जना पुरुष र ४ सय २७ जना कहिला रहेका थिए । सो आर्थीक वर्षमा बेचबिखन हुने मानिसका संख्या प्रदेश–५ मा बढी रहेको थियो । प्रदेश–१ मा कुल ७५ जना, प्रदेश–२ मा ३९, प्रदेश–३ मा ३६, प्रदेश–४ मा ७, प्रदेश–५ मा १ सय ७२, प्रदेश–६ मा ५७ र प्रदेश–७ मा ३१ जना उक्त अपराधका शिकार भएका थिए ।
जसमा उपत्यकामा मात्र ४७ र ब्युरोमा ८२ जना मानव बेचबिखनका शिकार भएका थिए । त्यस्तै चालु आर्थीक वर्ष २०७५/७६ को मात्र ५ महिनामा देशबाट कुल १ सय ४८ जना बेचिएका मुदा दर्ता भएको र ९५ वटाको मात्र मुद्दा फर्छयौट भएको प्रहरी तथ्यांकमा रहेको छ ।
जसमा २२ जना पुरुष र १ सय २६ जना महिला रहेका छन । यस आर्थीक वर्षको ५ महिनामा सबैभन्दा बढी मानिस ब्यूरो र उपत्यकाबाट बेचिएका छन । धरानबाट कुल २४, जनकपुरबाट १२, बागमतीबाट १५, पोखराबाट २, भैरहवाबाट १८, नेपालगंजबाट ५ , धनगढीबाट ८ , उपत्यकाबाट ४५ र ब्यूरोबाट ९९ जना मानव बेचबिखनका शिकार भएका छन ।
विगतको तथ्यांकका अनुसार माजव बेचबिखनमा न्यूनिकरण हुँदै गईरहेको प्रहरी प्रवक्ता उत्तम राज सुबेदीले बताएका छन् । उनका अनुसार अशिक्षा र गरिबीका कारण प्रलोभनमा परी बिदेशतीर मानिस बेचिने गरेका छन । जसमध्ये भारतमा बेचिनेको संख्या सबैभन्दा बढी रहेको समेत उनले थपे । यो समस्या समाधान गर्न प्रहरी जनचेतनामूलक कार्यक्रमसमेत चलाएको उनले बताए ।
नेपालबाट विभिन्न प्रलोभन देखाई बच्चा र चेलीबेटीहरुलाई बिदेश लगी बेचने विरुद्ध देशको प्रत्येक नागरीक सचेत हुनुपर्छ । साथै जनताले पनि यस्ता अपराहरुका नियूनिकरणका लागी प्रहरीलाई साथ दिँदै आफनो र अर्काको समेत सुरक्षा गर्नुपर्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…