कसैको पावर चल्दैन, मधेशी सहिदको सम्मानमा 'सहिद पार्क' बनाएरै छाड्छौं : मुख्यमन्त्री राउत
मधेशका लागि आफ्नो गुमाएका सहिदहरुको सम्मानका लागि जस्तोसूकै कदम चाल्न पछि नहट्ने ।

२०७५ माघ १७ बिहीबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले जसरी पनि मधेशी सहिदहरुको सम्मानमा ‘मधेशी सहिद पार्क’ बनाएर छाड्ने बताएका छन् । मधेशीका मुख्यमन्त्री राउतले वीरगन्जस्थित बिपी उद्यान्नको नाममा रहेको जग्गामा विरोधीहरुलाई चुनौती दिँदैे बुधवार सहिद पार्कको शिलान्यास गरेका छन् ।
नेपाली काँग्रेसको व्यापक विरोधका बाबजुद पनि मुख्यमन्त्री राउतले कडा र धम्कीपूर्ण भाषण गर्दै मधेशी सहिदको पार्क निमार्णका लागि शिलान्यास गरेका छन् । उनले विरोधीहरुको विरोधले केही फरक नपर्ने भन्दै जसरी पनि मधेशी सहिदहरुको सम्मानमा सहिद पार्क बनाएरै छाड्ने बताए ।
मधेशका लागि आफ्नो गुमाएका सहिदहरुको सम्मानका लागि आफू जस्तोसूकै कदम चाल्न पछि नहट्ने प्रतिवद्धता जनाए । शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले मधेशी सहिदहरुको सम्मानमा सहिद पार्क बनाउन लागेको बताए ।
विरोधीलाई मुख्यमन्त्री राउतले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त जग्गामा मधेसी सहिद पार्क निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निर्णय हेर्न आग्रह गरे । सहिद पार्क निर्माणका लागि प्रदेश सरकारले हाल ७५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।
उनले पार्क निर्माणका लािग प्रदेश सरकारले अहिले ७५ लाख मात्र बिनियोजन गरेको तर, पार्क निर्माणमा करोडौं मात्र होईन अर्बौं रुपैयाँ लागेपनि मधेश सरकारले ब्यहोर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…