समाजिक सञ्जालमा मधेशका मुख्यमन्त्री, - 'उपेन्द्र यादव पनि लुटेरा ?'
सिँहदरबारमा लुटेराहरु मात्र बसेको भनेपछि उपेन्द्र यादवलाई सँकेत गर्दै फेसबुक ट्वीटरमा बहसको विषय बनेको छ ।

२०७५ माघ १६ बुधबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

जनकपुरधाम, १६ माघ । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले सिँहदरबारमा लुटेराहरु मात्र बसेको प्रतिक्रिया दिएपछि केहीबेरमै समाजिक सञ्जालमा बहस सुरु भएको छ ।
विभिन्न सँचारमाध्यमहरुमा मुख्यमन्त्री राउतको प्रतिक्रिया र भनाईलाई समेटदै सिँहदरबारमा लुटेराहरु मात्र बसेको भनेपछि समाजिक सञ्जालमा उनलाई उपेन्द्र यादव भनेर मेन्सन गरिएको देखिएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय सरकारका उप प्रधान, स्वास्थ्य तथा जनसँख्यामन्त्री समेत सिँहदरबार अर्थात केन्द्र सरकारमा रहेको भन्दे चर्चा बनेको छ ।
बुधबार वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सिँहदरबारमा लुटेराहरु मात्र बसेको भनेपछि उपेन्द्र यादवलाई सँकेत गर्दै फेसबुक ट्वीटरमा बहसको विषय बनेको छ ।
फोरम पार्टीबाटै मुख्यमन्त्री बनेका राउतले आफ्नै अध्यक्षलाई पनि साँकेतिक रुपमा लुटेरा भनेपछि बहस सुरु भएको छ । समाजिक सञ्जालमा हालिएको धेरै जस्तो पोष्टमा मुख्यमन्त्रीले "सिँहदरबारमा लुटेराहरु मात्र बसेको" उपर कमेन्टमा समाजिक सञ्जाल प्रयोगकर्ताहरुले -"उपेन्द्र यादव पनि ?" भनेर अंकित नै गरिएको देखिएको छ ।
सो कार्यक्रमको दौरान मुख्यमन्त्री राउतले ‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्धहोस् भन्ने चाहेकै छैनन् उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन्।’ सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनको आरोप छ।
सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण मुलुकको समृद्धि र विकास हुन नसकेको राउतको भनाइ छ। संघीय सरकारलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यपारीलाई पनि लुटिरहेको आरोप लगाए।
गत पुष २७ गते सम्पन्न ४३ औं सधारणसभाबाट निर्वाचित संघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सोमबार साँझ प्रमुख निर्वाचित अधिकृत बालमुकुन्द खरेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…