रौतहटमा काठ तस्कर धमाधम पक्राउ, जीपमा नक्कली नम्बर प्लेट प्रयोग !
बनक्षेत्रको नाकाहरुमा बिशेषरुपमा बनगस्ति परिचालन गरीएको डिएफओ सिंहले बताए ।

२०७५ माघ १३ आइतबार, बिहान ८:२४ बजे३ मिनेट पढाइ

रौतहट, १२ माघ । रौतहटको वनबाट काठ तस्करी बढेपछि वन कार्यालयले सुरक्षा गस्तीलाई प्रभावकारी रुपमा अगाडि बढाए संगै काठ तस्कर धमाधम प्रकाउ पर्न थालेका छन् ।
पछिल्ला दिनहरुमा जीप, टेक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरु तस्करी हुने गरेको पाइएपछि बन कार्यालयले सुरक्षा निकायहरु संग समन्वय गरेर बनगस्ति बढाइए संगै सफलता हाथ पर्न थालेको हो ।
तीन महिना यता १० जना भन्दा बढी काठ चोरी तस्करमा संलग्न व्यक्ति पक्राउ परेका छन । त्यसै गरी काठ दाउरा लोड गरीएका २५ भन्दाबढी साइकल, दुइ वटा टेक्टर, चार वटा बलेरो जीप तथा केही मोटरसाइकल सहित टायरगाडा र रागां समेत डिभिजन बन कार्यालय रौतहटले बरामद गर्न सफल भएको छ ।
शनिवार बिहान गस्तिटोलीले काचो सालको काठ लोड गरेर लैजादै गरेको अवस्थामा एकजना मानिस सहित काचो सालको काठ बरामद गरेको छ । एक नक्कली नम्बर प्लेटको बोलेरो जीप र ८ थान सालको काचो गोलिया सहित एक तस्करलाई वन गस्ती टोलीले पक्रन सफल भएको हो ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–९ बलुवा टोलका राजकुमार साह रहेका छन् । धनसर जंगलसहिया सडक खण्डबाट काचो सालको रुख काटेर जीपमा राखेर लैजादै गर्दा बिहान करीब ३ बजेको समयमा तस्करीका काठ र नक्कली नम्बरको बोलेरो जिप सहित साह पक्राउ परेको हो । आफ्नै नेतृतवमा गएको गस्ती टोलीले उक्त सफलता हात पारेको डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत बिरेन्द्र सिंहले बताए ।
। नक्कली नम्वरहरु टासेर काठ तस्करी हुने गरेको पाइएको छ ।बरामद भएका जीपहरुमा बास्तविक नम्वर हुदैनन । चोरीका जीपहरु तस्करले किन्ने र काठ बोक्न प्रयोग गर्ने गरेको अधिकृत सिंहको भनाइ छ । बनक्षेत्रको नाकाहरुमा बिशेषरुपमा बनगस्ति परिचालन गरीएको डिएफओ सिंहले बताए ।
दुई साता अघि शस्त्र क्याम्प विजयपुर फतुवाका इन्सपेक्टर विष्णु अधिकारीको कमाण्डमा खटेको टोलीले तस्करीका ३ लाख मूल्य बराबरको सालको गोलिया सहित टायर र रागां नियन्त्रणमा लिदै वन कार्यालय पठाएका थिए । केही दिन अघि रौतहटको अन्जुमन सामुदायिक बन समितीका पदाधिकारीले अबैध धन आर्जनको लागि बिक्री गरेको सालको गोलिया काठ डिभिजन बन कार्यालय रौतहटको टोलिले बरामद गरेका थिए ।
गएको सोमवार राति पनि डिभिजन बन कार्यालय रौतहटको गस्तिटोलीले पौराइ जंगलको राजमार्ग छेउबाट सालको काचो गोलिया लोड गरेर लैजादै गरेको अवस्थामा जीप बरामद गरेको थियो । २वटा रुख ढालेर गोलिया बनाइ जिपमा लोड गरिरहेको अवस्थामा पूर्व पश्चिम राजमार्गको पौराई स्थित लचका नजिकै सहायक वन अधिकृत महेन्द्र प्रसाद जयसवालको नेतृत्वमा गएको टोलीले एक राउण्ड गोली चलाएर ७ थान काचो सालको गोलिया बरामद गरेका थिए ।
डिभिजन बन कार्यालयका साहयक बन अधिकृत जयसवालले पछिल्लो केहि महिना यता मात्रै जीपहरुमा चोरीका काठ हरु बरामद हुदै आएको जानकारी दिए । काठ तस्करी नियन्त्रण गर्न बनगस्ति टोली लाइ सकृय बनाएको समेत अधिकृत जयसवालको भनाइ छ ।
तस्करहरु बन्दुक लिएर रुख काट्न आउने गरेका छन । काठ तस्कर र बनगस्ति टोली बिच बेला बेलामा रौतहटको बनक्षेत्रमा गोलि हानाहान हुने गरेको छ । तीन महिनामा यता मात्रै बन कार्यालयले करीव दुइ हजार क्युवफिट काठ बरामद गरीसकेको जयसवालको भनाइ छ ।
जंगल प्रवेशगर्ने नाकाहरुमा ठुलाठुला खाडल ९टे«न्च० खनेर काठ तस्करीका सवारी साधन आवतजावतमा अवरोध पुर्याइएको छ । मुख्य राजमार्ग तथा साहयक सडक बाट जंगल प्रवेशहुने दुइजर्दन भन्दाबढी नाकाहरुमा खाडल खनिएको साहयक बन अधिकृत अरुण कर्णले जानकारी दिएका छन ।
तीन महिना अघि मात्रै रौतहटमा सरुवा भएका डिएफओ सिंहले काठ तस्करी नियन्त्रणगर्न सवै संयन्त्र प्रयोग गरीएको र कर्मचारीहरुलाइ सकृय भएर कामगर्न निर्देशन दिएको जानकारी दिएका छन । रातिको समयमा डिएफओ सिह आफै गस्तिमा निस्कने गरेका छन । उनको सकृयताले रौतहटका बन संरक्षण गर्नुपर्छ भन्ने नागरीकहरु खुशी देखिएका छन ।
काठ तस्करी बढी हुने नाकाहरु मा गोली चलाएर भएपनि तस्कर पक्राउ गर्न र काठ चोरी निकासी रोक्न सवै मातहत लाइ निर्देशन दिएको डिएफओ सिंहले बताएका छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…