देशमा उमेरगत बढदो बलात्कार !
४ महिनामा मात्र ४८ जना बालिका र ४९ जना महिला बलात्कार जस्ता जगन्य अपराधका शिकार भएका छन् ।
२०७५ माघ १० बिहीबार, बेलुकी ६:५३ बजे१ मिनेट पढाइ

काठमान्डौँ, १० माघ । नेपालमा दिन प्रति दिन बढदै गईरहेको बलात्कार र बलात्कारका प्रयासले जनता त्रसित भएका छन् भने सरकार मौन भएका देखिन्छन ।
नेपाल प्रहरीका तथ्यांकका अनुसार बलात्कृत हुनेको संख्या सबैभन्दा बढी प्रदेश–१ को रहेको छ । जसमा ११ देखि १६ वर्ष उमेरका बालिका सबै भन्दा बढी बलात्कृत भएका छन । सो अपराध रोक्न कहि न कहि नेपाल प्रहरीसहित असफल भएका देखिएका छन् ।
आर्थीक वर्ष २०७३/७४ मा देशभरी बलात्कृत हुने कुल ६ सय ५५ जना बालिका र ४ सय ३८ जना महिला रहेका थिए । जसमध्ये ७९ जना बालिका र ५४ जना महिला उपत्यका भित्र मात्र बलात्कृत भएका छन् ।
सो आर्थीक वर्षमा कुल १ हजार १ सय ३८ जना बलात्कृत भएका थिए । त्यस्तै आर्थीक वर्ष २०७४/७५ मा कुल ८ सय ५१ जना बालिका र ६ सय १२ जना महिला बलात्कृत भएका थिए । जसमध्ये ९९ जना बालिका र ४ सय ८८ जना महिला उपत्यका भित्र मात्र बलात्कारका शिकार भएका थिए । सो आर्थीक वर्षमा कुल १ हजार ४ सय ८३ जना बलात्कृत भएका थिए ।
त्यसैगरी चालु आर्थीक वर्ष २०७५–७६ को ४ महिनामा मात्र देशभरी कुल ७ सय ९३ जना बलात्कृत भएका छन् । जसमध्ये ४ सय ८५ जना बालिका र २ सय ९६ जना महिला रहेका छन् । उपत्यकाका तथयांक मात्र हेर्ने हो भने यो ४ महिनामा मात्र ४८ जना बालिका र ४९ जना महिला बलात्कार जस्ता जगन्य अपराधका शिकार भएका छन् ।
नेपाल प्रहरीका तथ्यांकको हिसाबले देशको राजधानी काठमाडौँ उपत्यकामा समेत बलात्कार बढदै गएको छ । सो अपराध रोक्न सरकार असफल भइरहेको छ भने केन्द«मा पनि जनता असुरक्षित महसुस गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…