भोजपुरी नायिका अक्षरा सिँह र नेपाली मोडेल ज्योति मगरले लहान तताउने
लहान साँकृतिक कार्यक्रमको आयोजना आउँदो माघ २६ गते शनिवारका दिन दिउँसो २ बजेदेखि बाटिका टुरिजम ग्राउण्डमा गरिने भएको छ ।

२०७५ माघ ७ सोमबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

लहान, ७ माघ । सिरहाको लहानमा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपाल टेलिकमको प्रस्तुति तथा एस.राज प्रोडक्सन्स प्रा.लि. को आयोजनामा हुन लागेको उक्त मनोरञ्जनात्मक कार्यक्रममा भोजपुरी सिने जगतकी नायिकका अक्षरा सिँह र नेपाली मोडेल ज्योति मगरले लहान तताउने कार्यक्रम गरिएको हो । आइतवार बाटिका टुरिजम लहानमा गरिएको पत्रकार सम्मेलनमा आउँदो माघ २६ गते मनोरञ्जनात्मक कार्यक्रम सहित साँस्कृतिक कार्यक्रम समेत आयोजन हुने जानकारी गराए ।
विगत लामो समयदेखि एस राज प्रोडक्सनस् प्रालिने राष्ट्रिय अन्तर्राष्टियस्तरमा विभिन्न सेलेब्रेटिहरुको सहभागितामा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ । सोही क्रममा जनकपुर होली हँगामा, गरुडा साँकृतिक कार्यक्रम, भोजपुरी नेपाली स्टार नाईट विरगन्ज, त्रिपल धमाका (दोहा कतार) लगायत दर्जनौ ठाउँमा सफलता हासिल गरिसकेपछी यसैलाई आत्मसात् गरी लहान साँकृतिक कार्यक्रमको आयोजना आउँदो माघ २६ गते शनिवारका दिन दिउँसो २ बजेदेखि बाटिका टुरिजम ग्राउण्डमा गरिने भएको छ ।

यसैगरी, पावर वाई टुवर्ग वियर, स्पोन्सर वाइ वाई तयारी चाउ चाउ, प्रोमोटेड वाई नेपाल टुरिजम बोर्ड, हस्पीलिटी पाटर्नर, बाटिका टुरिजमलगायत विभिन्न सहयोगी हातहरु रहेको छ । यसमा मुख्य कलाकारहरु भोजपुरी सुपरस्टार अक्षरा सिहं, नेपालि चर्चित गायिका ज्योती मगर, नेपाली भोजपुरी गायिका सेलिना कुँवर, सँगीतकार तथा गायक सन्तोष राज, भरत साह, विजय यादव निर्विज, मोडेल तथा डान्सर मुस्कान सिहं, अमिता छन्टेल साथमा कार्यक्रम सँचालिका ललिता दासलगायत स्थानीय कलाकारसहितको भव्य साँकृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
साथै, नेपाल टेलिकम अन्तर्गत एनटिसि प्रिपेडको सिम कार्ड निःशुलक वितरण गरिने भएकोले लागि नागरिकताको प्रतिलिति र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रहेको आयोजकले जानकारी प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…