नेपालमै भयावह बन्दै आत्महत्या, ५ महिनामै २१२४ घटना !
आर्थीक वर्ष २०७४–७५ मा झुण्डिएर आत्महत्या गर्नैको संख्या कुल ३ हजार ८ सय ६८ र बिष खाएको संख्या कुल १ हजार ३ सय ६३ रहेको थियो ।
२०७५ माघ ७ सोमबार, बिहान १०:२६ बजे२ मिनेट पढाइ

मनिश शर्मा, ७ माघ । प्राकृतिक सुन्दरताका आधारमा हेर्ने हो भने नेपाल यस पृथ्वीमै एक नमूनाको रुपमा स्थापित रहेको छ । संसार समक्ष रहेको देशहरु मध्ये नेपाल सानो भएपनि सुन्दरता र स्वतन्त्रताको प्रतिक मानिन्छ ।
कसैले गुलाम बनाउन नसकेको नेपालको भूमिमा आत्महत्या, हत्या र बलात्कार जस्ता विभिन्न विकृती तथा जगन्य अपराधले जडा गाडदै देशलाई गुलाम बनाउँदै गएको देखिन्छ । देशभरी ठाउँ–ठाउँबाट जनताले विभिन्न आशाका साथ ल्याएको बहुमतको सरकार र नेपाल प्रहरीसमेत सो समस्याहरुमा मौन भएको देखिएको छ ।
विगत केही वर्षदेखि बढदै गएको विकृतीहरुमा आत्महत्या मुख्य स्थानमा परेको देखिन्छ । सो विकृती र अपराध नियन्त्रणका लागी नेपाल प्रहरीको प्रयास तीब्र गतिमा जारी रहेको छ भने नेपालमा आत्महत्या गर्नेहरुको संख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जसमा बिष खाएर आत्महत्या गर्नेको संख्या बढी रहेको छ भने सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या रहेको छ । त्यस्तै आत्महत्या गर्नेहरुका तरीका भिन्न–भिन्न प्रकारका छन जस्तै आगो लगाएर, हाम फालेर, करेण्ट लागेर र विभिन्न हाट हतियारबाट तथा डुबेर ।
आर्थीक वर्ष २०७०–७१ मा नेपालमा कुल ३ हजार ८० जना झुण्डिएर आत्महत्या गरेका थिए र १ हजार ३ सय ७ जना बिष खाएर । आर्थीक वर्ष २०७१–७२ मा देशभरी कुल ३ हजार १ सय ५ जना झुण्डिएर आत्महत्या गरेका थिए भने बिष खाएर १ हजार ९० जना । त्यस्तै आर्थीक वर्ष २०७२–७३ मा कुल ३ हजार ३ सय ७६ जना झुण्डिएर आत्महत्या गरे र १ हजार १ सय ८६ जना बिष खाएर ।
आर्थीक वर्ष २०७३–७४ मा ३ हजार ७ सय ६१ जना झुण्डिएका साथै १ हजार २ सय १५ जना बिष खाएर आफना ज्यान गुमाएका थिए । आर्थीक वर्ष २०७४–७५ मा झुण्डिएर आत्महत्या गर्नैको संख्या कुल ३ हजार ८ सय ६८ र बिष खाएको संख्या कुल १ हजार ३ सय ६३ रहेको थियो ।
त्यसैगरी चालु आर्थीक वर्ष २०७५–७६ को ५ महिनामा मात्र तथ्याङ्क हेर्ने हो भने कुल १ हजार ५ सय ९२ जनाले झुण्डिएर ज्यान गुमाईसकेका छन भने बिष खाएर कुल ५ सय ३२ जना । आर्थीक वर्ष २०७०–७१ देखि चालु आर्थीक वर्षको मंसिरसम्म कुल २६ हजार १ सय ३३ जनाले विभिन्न तरीकाले आत्महत्या गरीसकेका छन् ।
देशभरी बढदै गईरहेको यस्ता विकृतीहरुमा देखिएको प्रशासन र सरकारका मौन्ताले जनता अन्यौलमा परेका छन् । हाम्रो दुई तिहाईको सरकारले मौन धारण गरेर कस्ता सन्देश दिन खोजेका छन भने प्रश्नसमेत उठेको छ । नेपालमा फैलिदै गइरहेको सो समस्याका सामाधानका लागी सरकारद्वारा चालीएको प्रयासबाट जनता अझ अपरिचित छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…