बलिदानी दिवस : ३ गोली खाएका यी जिउँदो शहिदको लागि कहाँ छ मधेश सरकार ?
बलिदानी दिवसको अवसरमा सम्बन्धित निकायले नसम्झे पनि प्रदेश साँसद यादव र क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी सुरेश शर्माले उनलाई सम्मान गर्न मात्र पुगे ।

२०७५ माघ ६ आइतबार, बिहान ११:३३ बजे२ मिनेट पढाइ

जनकपुरधाम, ६ माघ । तेस्रो मधेश आन्दोलनको क्रममा प्रहरीले चलाएको ३ बुलेट (गोली) लागेर पनि बाँचेका जिउँदो शहिद जनकपुरका सुनिल दाससँग प्रदेश सरकारले अन्याय गरेको देखिएको छ ।
प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउन सिरहाको लहान प्रायः सबै मधेशी नेताहरु पुग्ने गरेपनि वि.सं. २०७२ सालको भदौ ५ को चलु जनकपुर भरु जनकपुर आन्दोलनमा सरिक हुन पुगेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा रामपुर बस्ने ३० वर्षिय सुनिल दाससँग मधेश सरकारले अन्याय नै गरेको देखिएको छ ।
चलु जनकपृुर भरु जनकपुर कार्यक्रमको दौरान रामपुरस्थितको प्रवेशद्धारमै प्रहरीको सुरक्षा घेरा तोडने क्रममा प्रहरीले चलाएको ३ गोली दासको शरिरको विभिन्न भागमा लागेको थियो । गम्भिर घाईते भएका दासको शरिरबाट ३ गोली मध्ये २ वटा गोली निकालिएको छ भने १ गोली अझै उनको शरिरमा ररिहेकोले दैनिक जीवनयापन गर्न पनि कठिनाई भएको छ ।
१२ औँ बलिदानी दिवसमा मधेशवादी नेताहरुले सिरहाको लहानमा भाषण गर्न पुगेपछि सुनिल दासको घरमा भने प्रदेश नं. २ को धनुषा निर्वाचन क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य एवम् विद्यायक राम अशिष यादव मात्र पुगे । बलिदानी दिवसमा प्रदेशका सबै नेतागण लहान पुगेका बेला विद्यायक एवम् मधेशकै चिरपरिचित समाजसेवी समेत रहेका राम अशिष यादव उनलाई माला लगाउँदै दोसल्ला ओढाएर सुनिल र उनको परिवारलाई सम्मान गरेका छन् ।
विभिन्न समयमा आन्दोलनका घाईते परिवारलाई मधेश सरकारले दिँदै आएको सुविधा समेत उनलाई दिइएको छैन भने विभिन्न समयमै विद्यायक यादव र पर्यावरण बचाउनको लागि चिरपरिचित अभियानी सुरेश शर्मासहितका टोली पुगेर जिउँदो शहिद दास र उनका परिवालाई सम्मान गरे ।
समाजसेवी एवम् प्रदेश साँसद समेत रहेका यादवकै पहलमा दासका दुई सन्तानलाई जनकपुर स्थित एजुकेशन प्वाइन्ट स्कूलमा उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिदिएको भएपनि मधेश सरकारले भने उनलार्ई उपेक्षा गरिएको देखिएको छ ।
मधेश र मधेशीको अधिकारको लडाईमा धेरैले वीरगति प्राप्त गरे । कैंयौले आफ्नो शरिरको केही भाग नै दिए भने केहीले अधिकार प्राप्ती आन्दोलनमा पीडा सहेरै भएपनि लगानी गरेकै हुन् । तर सुनिल दासलाई बलिदानी दिवसको अवसरमा सम्बन्धित निकायले नसम्झे पनि प्रदेश साँसद यादव र क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी सुरेश शर्माले उनलाई सम्मान गर्न मात्र पुगे ।
साँसद यादव तथा समाजसेवी शर्मा उनको घरमा पुगेपछि असली बलिदानी दिवसको महसुस भने उनको परिवारले गरेका थिए । घाईते दासकी श्रीमति बि एड पढेकी छिन् अहिले सुनिलको रेखदेख र बच्चाको निगरानी गरेर घरमा बसेकी छन् ।
यस्तो अवस्थामा मधेश आन्दोलनका शहिद परिवार र घाईते परिवारलाई खोजी खोजी सम्मान र रोजगारी दिने मधेश सरकारले ठुल ठुला वक्तत्व दिएपनि सुनिल दासको उपेक्षाले मधेशी जनतामा घाईते र शहिद परिवारप्रतिको वक्तत्वको मूल्य महसुस गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…