आफूलाई नै पाकलपंडित र विद्वान ठान्नेहरुले मुलुकलाई दरिद्र बनायो : उपेन्द्र यादव
सरकारले अन्य प्रदेशभन्दा प्रदेश २ सँग बढी विभेद गरिरहेको समेत आरोप लगाए ।

२०७५ माघ ५ शनिबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आफूलाई नै विद्वान ठान्नेहरुले मुलुकलाई दरिद्र बनाएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले टिप्पणी गरेका छन् ।
प्रदेश २ सरकारद्धारा सिरहाको लहानमा आयोजित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको १२औं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रम यादवले शासकहरुले आफूलाई मालिक ठानेर देखाउँदै आएको शासकत्व प्रवृत्तिले मुलुक कंगाल बनेको टिप्पणी गरेका हुन् ।
राज्यले मधेशलाई सधैं उपेक्षित गर्दै आएको बताउँदै मधेशको हितमा नसोचे सधैं यस्तै अवस्था रहने र मुलुक समृद्ध नहुने उनले बताए । कयौं सहिदहरुको त्याग र बलिदानीले आएको संघीयता संघीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार नै नदिएर संघीयता धरापमा पार्न खोजेको आरोप लगाए ।
सरकारले अन्य प्रदेशभन्दा प्रदेश २ सँग बढी विभेद गरिरहेको समेत आरोप लगाए । उनले प्रदेश २ अघि बढे मात्र गणतन्त्र रहने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…