डा. सिके राउत जेलभित्र होस या बाहर फरक पर्दैन !
सिर्फ हम आदेश के प्रतीक्षा मे है अगर केन्द्र का निर्देशन मिलगया तो सम्झो हम जेल भरो आन्दोलन भि सुरु कर सक्ते है ।

२०७५ माघ ५ शनिबार, राति ८:३५ बजे१ मिनेट पढाइ

लहान, ५ माघ । १२ औँ बलिदानी दिवसको अवसरमा डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले लहानमा स्वतन्त्र मधेशको झण्डा लहराएका छन् ।
गत वर्षहरुमा बलिदानी दिवसको अवसरमा डा. सिके राउत सहभागी हुँदा लाखौँको सँख्यामा उनका समर्थकहरु मैदानमा ओर्लिन्थ्यो भने यसपाली जेलभित्रै भएपनि उनका समर्थक तथा गठबन्धक सम्वद्ध कार्यकर्ताहरुले १२ औँ बलिदानी दिवसलाई मूर्तरुप दिन सफल भएको हो ।
डा. राउत समर्थक अरबिन्द सहनीले आफ्नो फेसबूकमा लेखेका छन् :- "डा. सीके राउत बाहर रहे या भित्र उस्से हमे कोइ फर्क नहि पडता हम हर कार्यक्रम कर्ने के लिये तयार है । डा. सीके राउत कि बिना उपस्थिति भि हम लोग कार्यक्रम को हर हाल मे सफल बनाने के प्रतिबद्ध है । कोइ भि ये भ्रम मे ना रहे कि सीके राउत को जेल हो जाने से उस्का गतिबिधी समाप्त हो जायेगा बल्की कार्यक्रम और कोन्फिडेन्स के साथ होगा । सिर्फ हम आदेश के प्रतीक्षा मे है अगर केन्द्र का निर्देशन मिलगया तो सम्झो हम जेल भरो आन्दोलन भि सुरु कर सक्ते है ।"
दिनप्रतिदिन तराई मधेशमा डा. सिके राउतप्रति बढदै गएको युवाहरुको क्रेजलाई मध्यनजर गर्दै तथा डा. राउतको गतिविधिलाई समाप्त पार्न प्रहरीले उनलाई सर्वोच्च अदालतबाट सफाई पाएका मुद्दामा विगत ३ महिनादेखि थुनुवा (हिरासत) मा राखेको हो । डा. राउत जेलभित्रै भएपनि उनका समर्थकहरुले भने डा. राउतले गर्ने गतिविधिलाई निरन्तरता दिएको हो ।

बलिदानी दिवसको अवसरमा लहानको मुख्यचोकमै रहेको मधेशका प्रथम शहिद रमेश महतो सहित अन्य मधेशी शहिदहरुको शालिकमा स्वतन्त्र मधेश गठबन्धनको फ्रि मधेश लेखिएको झण्डा फहराउनुका साथै माल्यार्पण भने उनका समर्थकहरुले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…