धनुषा प्रहरीद्धारा ठुलो परिमाणको गाँजा खेती नष्ट
जनकपुरधाम, ५ माघ । जिल्लामा बढदै गएको अपराधिक क्रियाकलपलाई मध्यनजर गर्दै एक्सनमा आएका धनुषा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजा खेती नष्ट गरेका छन् । धनुषा प्रहरीले गोप्य सूचनाको आधारमा शहिदनगर नगरपालिकाको बालाबाखर गाउँमा लगाइएको डेढ कठ्ठाको लागुऔषध गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुष
२०७५ माघ ५ शनिबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ५ माघ । जिल्लामा बढदै गएको अपराधिक क्रियाकलपलाई मध्यनजर गर्दै एक्सनमा आएका धनुषा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजा खेती नष्ट गरेका छन् ।
धनुषा प्रहरीले गोप्य सूचनाको आधारमा शहिदनगर नगरपालिकाको बालाबाखर गाउँमा लगाइएको डेढ कठ्ठाको लागुऔषध गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय सबैलाबाट विशेष सुचनाको आधारमा खटि गएको प्रहरीको संयुक्त टोलिले शहिद नगर नगरपालिका वडा नं. १ बालाबाखर स्थित स्थानीय अज्ञात व्यक्तिले बस्तीमा लुकाइछिपाइ रोपेको अन्दाजी डेढ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
उक्त गाँजा कस्को हो भन्ने बारेमा अहिलेसम्म नखुलेको र गाँजा खेती गर्ने गिरोहको खोजिकार्य भैरहेको तथा फाडिएको गाँजा ईलाका प्रहरी सबैलामा ल्याइएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक अबधलाल यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…