दुहवीमा न्यानो कपडा वितरण
सुनसरी, ३ माघ । सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ८ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ८ को कार्यालयले विहीवार एक कार्यक्रमकाविच न्यानो कपडा वितरण गरेको छ । दुहवी ८ बटेमारा स्थित श्री विपि आधारभुत विद्यालय र दुहवी ८ स्थित विष्णु माविका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहर

२०७५ माघ ३ बिहीबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

सुनसरी, ३ माघ । सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ८ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ८ को कार्यालयले विहीवार एक कार्यक्रमकाविच न्यानो कपडा वितरण गरेको छ ।
दुहवी ८ बटेमारा स्थित श्री विपि आधारभुत विद्यालय र दुहवी ८ स्थित विष्णु माविका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाइ न्यानो कपडा ९स्वीटर र टोपी० वितरण गरिएको हो । कार्यक्रममा अध्यक्षता गर्नु भएका दुहवी वडा नम्वर ८ का वडाध्यक्ष तारिचन्द सरदारले विद्यार्थीहरुलाइ २ लाख ५० हजार बरावरको ४ सय स्वीटर र टोपी वितरण गर्नुकासाथै ज्येष्ठ नागरिक,अपांग तथा एकल महिलाहरुलाइ समेत ३ लाख ५० हजार बरावरको ३ सय ५ थान कम्वल वितरण गरिएको जानकारी दिनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहँनु भएका दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले न्यानो कपडा बितरण गर्नुहुँदै सामाजिक सुरक्षाकालागि ज्येष्ठ नागरिक,अपांग तथा एकल महिलाहरुलाइ सम्मान गर्नुपर्ने र वालवालिकाहरुलाइ नैतिक शिक्षा दिनु पर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा दुहवी ८ का ज्येष्ठ नागरिक ९७ वर्षिय देवी प्रसाद पोखरेल र ८३ वर्षिय झमनी चौधरीलाइ सम्मान गरिएको थियो । सम्मानित हुँने ज्येष्ठ नागरिकहरुलाइ प्रमुख अतिथि मेयर बेदनारायण गच्छदार र बिशिष्ठ अतिथि उपमेयर सुनिता दाहाल९साह० ले दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दुहवी ८ का वडा सदस्य बिनय दाहालले राख्नुभयो । कार्यक्रममा दुहवी ८ र ९ का वडाध्यक्षहरु तारिचन्द सरदार र मेहदी हुसैन, दुहवी ८ र ९ का वडा सदस्यहरु, समाजसेवी, वुद्धिजिवी ,स्थानीय संचारकर्मि ,चन्दन रौनियार ,अकबर अलि ,प्रेम गिरीगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उदघोषण दुहवी वडा नम्वर ८ का वडा सचिव गजेन्द्र भुजेलले गर्नु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…