सबैलाई हँसाउने 'ब्रम्हानन्दम' को अवस्था गम्भिर, कारण के छ हेर्नुहोस् !
उनलाई एकैभाषाका ७०० बढी फिल्म गरेकै कारण उनको नाम दर्ज गरिएको हो ।

२०७५ माघ २ बुधबार, राति ८:२२ बजे१ मिनेट पढाइ

भारत, २ माघ । भारतीय साउथ फिल्मका चर्चित हाँस्य कलाकार ब्रम्हानन्दमको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
हृदय अर्थात हार्टमा समस्या भएको कारण उनको सर्जरी गरिएको हो । उनी अहिले मुम्बईको एसियन हार्ट ईन्सीच्युटमा भर्ना भएका छन् । चिकित्सकका अनुसार, ब्रम्हानन्दमको स्वास्थ्य अवस्था अहिले गम्भिर रहेको छ । त्यसै कारण अहिले अस्पतालमा डाक्टहरुको निगरानीमा राखिएको छ । अहिले उनलाई अबजर्भेसनमा राखिएको छ ।
उनको उपचारमा सँलग्न डाक्टर रमाकान्त पाण्डेले उनको सर्जरी गरेका छन् । जसरी नै समाजिक सञ्जालमा सबैलाई हँसाउने कमेडियन एक्टर ब्रम्हानन्दम अस्पताल भर्ना भएको खवर फैलिएपछि उनका फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
एकै भाषाको ७०० बढी फिल्म गरेर हाँस्य कलाकार ब्रम्हानन्दमले गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम दर्ज गराएका हुन् । उनलाई एकैभाषाका ७०० बढी फिल्म गरेकै कारण उनको नाम दर्ज गरिएको हो ।
कुनै बेला टिभी एक्टर रहेका ब्रम्हानन्दम एकाएक उनको एक्टीँग हेर्दै सन् १९८५ मा पहिलो ब्रेक लगाएका थिए । साउथका फिल्म चन्ताबाईबाट डेब्यू गर्दै उनले हजार बढी फिल्ममा काम गरेका छन् ।
हाँस्य कलाकारमध्ये सबभन्दा बढी पारिश्रमिक लिने ब्रम्हानन्दम एक फिल्मको लागि मात्र १ करोड रुपैयाँ भारु अर्थात १ करोड ६० लाख रुपैयाँ नेपाली चार्ज गर्छन् । उनको दुई छोरा रहेका छन् । ठुलो छोरोको नाम राजा गौत्तम र कान्छोको नाम भने सिद्धार्थ रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…