काठमान्डौँको 'त्रिचन्द्र कलेज' राजनीतिको अखाडा
जिम्मेबार नेतृत्व नभएकै कारण विभिन्न प्रकारका विकृतिहरु फैलिएका उनले बताए ।
२०७५ माघ २ बुधबार, बिहान १०:१८ बजे२ मिनेट पढाइ

मनिष शर्मा, २ माघ । नेपालमा व्यवस्थित राजनीतिक अवस्था नभएकोले देशको शिक्षामा निकै प्रभाव परेको छ । देश विकासका प्रमुख अङ्ग शिक्षानेै राजनीतिकरणले बर्वाद हुदै गएको छ । शिक्षा क्षेत्रमा विभिन्न शैक्षिक संगठनद्वारा व्यवस्थित शिक्षा प्रणाली अस्थापना हुनुपर्ने तर क्लेजहरु राजनीतिको अखाडा बनेको छ ।
शिक्षा क्षेत्रमा यही राजनीतिक आरजक्ताले विभिन्न विकृति फैलाएको देखिन्छ । विगत समयमा स्वतन्त्र बिद्यार्थी युनियनको चुनावकै क्रममा कतिपय कलेजहरुमा आगजनी, तोडफोडका साथै लडाई झगडासमेत भएको थियो ।
शिक्षा क्षेत्रमा बिद्यार्थीका हकहितका लागी स्थापना गरिएको विभिन्न शैक्षिक संगठनहरुमा कुशल नेतृत्वको कमि भएकाले शिक्षा प्रणाली विग्रिदै गएको त्रिचन्द« कलेजका सहायक कलेज प्रमुख डा. सन्त बहादुर थापाले बताए । देशमा २०६२–६३ को जन आन्दोलनपछि शिक्षा प्रणाली बिग्रेको उनको भनाई छ । कलेजका प्रशासनले गरेको ढिलासुस्तीले बिद्यार्थीले पाउनुपर्ने श्रोतसाधन र सुविधाहरु नपाएको खण्डमा बिद्यार्थी संगठनको आवश्यक्ता रहेको उनले जनाएका छन् ।
बिद्यार्थी संगठनहरुमा समझदारी र कुसल नेतृत्वको अभावकै कारण यस्तो आरजक्ता आएको छ भने शिक्षा प्रणाली सुधारका लागी आउने चुनाबले अनुशासन र सहि नेतृत्व ल्याउने उनले आशा व्यक्त गरेका छन् ।
शिक्षा क्षेत्रमा रहेको निरङकुश्ता र आरजक्ताका बिरोधमा लडन र बिद्यार्थीका हकहितका लागीनै बिद्यार्थी संघ–संगठनका अस्थापना भएको स्वतन्त्र बिद्यार्थी युनियनका एक सदस्य केशर जंग बमले बताएका छन् । जिम्मेबार नेतृत्व नभएकै कारण विभिन्न प्रकारका विकृतिहरु फैलिएका उनले बताए ।
आउने फाल्गुनमा हुने स्वतन्त्र बिद्यार्थी युनियनका चुनाबपछि शिक्षाको गुणस्तरका उठान गर्दै अगाडी बढने प्रयत्न रहेको उनको भनाई रहेको छ । गत वर्ष स्वतन्त्र बिद्यार्थी युनियनमा २८ वर्ष मुनिकाले उम्मेदबारी दिन नपाउने उमेर सिमाले विद्याथीमा आक्रोश उत्पन्न गरेको र विभिन्न प्रकारका भटना घटेकोसमेत उनले बताए ।
बिद्यार्थी देशको भविष्य हुन्छ भने शिक्षा क्षेत्रमा भईरहेको अनियमित राजनीतिले शिक्षा प्रणाली र देश बिकासमा ठूलो अडचन ल्याएको छ । शिक्षाको गुनस्तर बढाउन अनुशासन र कुशल नेतृत्वको अति आवश्यक्ता रहेको देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…