मन्त्रालयका सचिव 'झा' लाई मन्त्री 'यादव' को जोडदार थप्पड, त्यसपछि के भयो ? हेर्नुहोस् भिडियोमा !
भिडियोमा देखिएको अनुसार सचिव झालाई मन्त्री यादवले जोडदार नै हानेको देखियो । तर मन्त्री यादवले भने आफू थप्पड हानेको कुरा स्वीकार गरेका छैनन् ।

२०७५ पुस २९ आइतबार, बेलुकी ५:४५ बजे२ मिनेट पढाइ

जनकपुरधाम, २९ पुस । प्रदेश नं. २ का अर्र्थमन्त्री विजय कुमार यादवले मन्त्रालयका एक सचिवलाई जोडदार थप्पड हानेका छन् ।
अर्थमन्त्री यादव उपर प्रदेश नं. २ कै वन मन्त्रालयका सचिव विद्यानाथ झाले आक्रमण गर्ने प्रयास गरेपछि मन्त्री यादवले तत्कालै जोडदार थप्पड हानेका छन् । विगत देखि नै विभिन्न ठाँउमा यस्तै विवादित हुैदैं आएका सचिव झाले मन्त्री यादवलाई मन्त्रालय भेट्न जाँदा शिष्टाचार विपरित व्यवहार प्रर्दशन गरेपछि मन्त्री यादवले आपत्ती जनाउँदा सचिव झाले मन्त्री माथि जाई लाग्ने प्रयास गरेको मन्त्री विजय यादवले बताए।
मन्त्रीको कार्यकक्षमा सोही प्रदेशका सभामुख सरोज यादव तथा प्रदेश सांसद उपेन्द्र महतो समेत उपस्थिती रहेको अवस्थामा सचिव झाले शिष्टाचार विपरित व्यहार प्रर्दशन गरेपछि आत्मरक्षा र सम्मानरक्षाको लागि सचिव झालाई थप्पड हनिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताए । यता, सचिव झाले मन्त्री यादवमाथि कार्यकक्षमा हातपात गरेको आरोप लगाएका छन् । विवाद पछि सचिव झालाई प्रहरीले थुनामा राखेका छन् ।
यता, सचीवले मन्त्री यादवलाई अभद्र तरिकाले गाली गलौज गरेको भिडियोमा देख्न सकिन्छ ।
यता, मन्त्री यादवले सचिव झालाई आफूले कुटपिट नगरेको दाबी गर्दै उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडी नै लोकल हुँ भन्दै धाक लगाउँदै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट बाहिर निस्किएको प्रतिक्रिया दिएका छन् ।
तर, मन्त्री यादवको कार्यकक्ष बाहिर सचिव झाले गरेको प्रदर्शन भने बेग्लै तथ्य दर्साएको देखिएको छ । भिडियोमा देखिएको अनुसार सचिव झालाई मन्त्री यादवले जोडदार नै हानेको देखियो । तर मन्त्री यादवले भने आफू थप्पड हानेको कुरा स्वीकार गरेका छैनन् ।
प्राप्त जानकारी अनुसार सचिव झा यस अघि महोत्तरी जिल्लाको जिल्ला बन अधिकृत हुँदा स्थानीयले कालोमोसो समेत दलेका थिए ।
यस अघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए।
केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश नं. २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो। यस बारे थप जानकारी आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…