ऐतिहासिक धनुषा 'मकर मेला' आउँदो आईतबारदेखि लाग्ने , ११ लाखमा ठेक्का
मकर मेला तेजपात (पतरक, तरकारीमा स्वाद र सुगन्धको लागि प्रयोग गरिने एक प्रकारका सुकेको पात ) को लागि प्रसिद्ध मानिन्छ ।

२०७५ पुस २८ शनिबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

धनुषा, २८ पुस । धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित धनुषाको धनुषाधाममा परापूर्वकालदेखि लाग्दै आएको मकर मेलाको ठेक्कापाटा सम्पन्न भएको छ ।
स्थानीय तह लागू भएपछि स्थानीय तह सँचालन ऐन अनुसार नै धनुषाधाम नगरपालिकाले आफ्नो मातहतमा मेला आयोजना गर्दै आएको छ । मेलाको लागि नगरपालिकाले आव्हान गरेको टेन्डर (बोलपत्र) को लागि ५ कम्पनीका ठेक्केदारहरुले उक्त ठेक्का दाबीको लागि कागजातहरु पेश गरेको भएपनि प्रक्रियागत र बोलपत्रको नियमानुसार ११ लाख २१ हजारमा स्थानीय प्रदीप कुमार भण्डारीले उक्त ठेक्का पाएका हुन् ।
माघको पहिलो आईतबारदेखि एक महिनासम्म नै माघैभरि प्रत्येक आईतबार विहानैदेखि लाग्ने उक्त मेला भर्नको लागि नेपाल सहित भारतको विभिन्न ठाउँबाट समेत श्रद्धालु सर्वसाधारणहरु आउने गरेको छ । धनुषाधाममा अवस्थित धनुष बाबा मन्दिरमा शरिरमा हुने मुसो (अैल्हा) रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ ।

मुसो एक प्रकारको चर्मरोग मान्छि । यी रोग भएका श्रद्धालुले धनुषाधाममा रहेको धनुष बाबा मन्दिरमा भण्डाभार ( बैगनको भार) चढाउने भाकल गरेपछि रोग निको हुने मान्यता पौराणिकालदेखि नै चलिआएको छ । मेलामा हजारौँको सँख्यामा सर्वसाधारणहरु विभिन्न गामिणभेकबाट भाकल तथा मेला भर्नको लागि आउने गर्छन् ।
धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपात (पतरक, तरकारीमा स्वाद र सुगन्धको लागि प्रयोग गरिने एक प्रकारका सुकेको पात ) को लागि प्रसिद्ध मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…